क्यान इन्फोटेक सुनसरी : पहिलो दिन सुनसान, मन्त्रीले गरे खाली स्टलको अवलोकन « Khabarhub

क्यान इन्फोटेक सुनसरी : पहिलो दिन सुनसान, मन्त्रीले गरे खाली स्टलको अवलोकन


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुनसरी –  बिहीबारदेखि धुमधामका साथ सुरु भएको क्यान इन्फोटेक सुनसरी पहिलो दिन आन्तरिक पर्यटक नपाउँदा सुनसान बनेको छ । कार्यक्रममा राखिएका ६५ वटा स्टल मध्ये २१ वटा स्टल बाहेक सबै स्टल खाली देखिएका छन् । कोसी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले परिवारका सदस्य र आफन्त जम्मा गरी आयोजना गरिएको क्यान इन्फेटेकको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री कार्केले अघाडीले सबैले आफ्नो कुर्सी खाली गरेको देखेर २ मिनेटमै आफ्नो कुरा राखेका थिए । यति मात्र होइन, मन्त्रीले कार्कीमा रहेका स्टलको पनि निरीक्षण गरेका छन् ।

अवलोकनका क्रममा अधिकांश स्टलहरू खाली देखेपछि आयोजक लाइमन्त्री कार्केले कुन स्टलहरू खाली छन् भनेर सोधेका थिए । कार्यक्रमको शुरुवातमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकरण पौडेलले आफूलाई बेवास्ता गरेको भन्दै विरासतमा कार्यक्रमस्थल छाडेका थिए ।

आयोजकले स्टल खाली भएकोमा आन्तरिक सदस्यहरू समक्ष गुनासो गरेका थिए । इन्फोटेकमा नेपाली सफ्टवेयर स्टार्टअप र स्वदेशी प्रविधिको प्रवद्र्धन गर्ने स्टलमा शिक्षा, परामर्श, होटललगायतका क्षेत्रको प्रभुत्व रहेको देखिएको थियो । विभिन्न सामग्री र उपकरणहरू उचित मूल्यमा उपलब्ध भए पनि स्टालमा प्रविधिसँग सम्बन्धित कुनै पनि सामग्रीहरू देखिएनन्। कोसी प्रदेश स्तरीय इन्फोटेक, सीमित कम्प्युटर व्यवसायी तथा आयोजक स्वयंले स्टल बुक गरेका थिए ।

सुनसरी इटहरी क्षेत्रका कतिपय कम्प्युटर व्यवसायीको कारण पारेखिन धरान, इनरुवा, दुहबी आदि क्षेत्रका सदस्यहरु निष्क्रिय रहेकाे गुनासाे समेत गरिएकाे छ । विगतमा १४० भन्दा बढी सदस्य रहेको सुनसरीमा अहिले १५–२० परिवार मात्र रहेकाे बताइएकाे छ। २०७२ चैत ९ क्यान सुनसरी विघटन गरि क्‍यान्‍मा महासंघ खडागरेको ७ दिनपछि धरान क्षेत्रसँग सम्बद्ध क्‍यान्माका सदस्यहरूले सामूहिक प्रेस विज्ञप्ति जारी गरी संगठनबाट बाहिरिएकाे घाेषणा गरेका थिए ।

विभिन्न समयमा विभिन्न शीर्षकमा आयोजना हुने राखी मेला, ठुलो परिमाणमा छुटको नाममा पुराना वस्तु बिक्री हुने, चाउमिन र मोमो मात्रै राखेर आयोजना हुने खाद्य महोत्सव, औजार माग्नेहरुको कृषि प्रदर्शनी र सामाजिक प्रचार प्रसार गर्ने पर्वहरु, पर्यटन प्रवद्र्धनको नाममा विकृतिले लामो समयदेखि उपभोक्तालाई भ्रममा पार्दै आएको स्थानीयकाे गुनासाे छ। यस्ता मेला, पर्व, प्रदर्शनीलाई स्थानीय सरकारले नियमन गर्न आवश्यक देखिन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  १० : ११ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको