एमाले समाजवादी मोर्चामा सहभागी नहुने « Khabarhub

एमाले समाजवादी मोर्चामा सहभागी नहुने


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । उनले अहिलेको समसामयिक विषयमा प्रधानमन्त्रीसंग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए ।

दुई नेताबीच संसदमा कांग्रेसको विरोध, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ४ : ०७ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ