लोसपाले निष्कासित गरेको खबरपछि राजेन्द्रले भने, ‘भूतपूर्व प्रेमीको के मतलब गर्नु’  « Khabarhub

लोसपाले निष्कासित गरेको खबरपछि राजेन्द्रले भने, ‘भूतपूर्व प्रेमीको के मतलब गर्नु’ 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पाटीले निष्कासित गरेको सूचना पाएपछि आफूले नै पार्टी छाडेर हिँडेको कारण पार्टीबाट निष्कासित भएको भन्नु लाजमर्दो विषय भएको बताएका छन् ।

लोसपा अध्यक्ष महन्त ठाकुरले पार्टी बैठक सकिएपछि पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी राजेन्द्र स्वतः निष्कासित हुन पुगेको बताएका थिए ।

यसबारे महतोले खबरहबलाई भने, ‘जे भने पनि भूतपूर्व पार्टीको के मतलब गर्नु । भूतपूर्व प्रेमीको के मतलब र भन्या जस्तै हो । मैले त कहिले न कहिले भूतपूर्व बनाइसके मैले नै त्याग गरिसके ।’

महतले उनले फागुनको दोस्रो साताबाट नै लोसपा परित्याग गरेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालबाट अलग भएर महन्त ठाकुरसहितका नेतासँग मिलेर गठन गरेको लोसाबाट महतो अलग भएका थिए

‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेर अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेन्डामा सहमत भएका जोसुकै यसमा जोडिन सक्ने बताइरहेका छन् ।

याे पनि …

नयाँ अभियानको घोषणा गर्दै राजेन्द्र महतोले छाडे लोसपा

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ४ : ३५ बजे

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा