गृहमन्त्रीमाथि छानबिन समितिको आवश्यकता छैन : प्रवक्ता शर्मा « Khabarhub

गृहमन्त्रीमाथि छानबिन समितिको आवश्यकता छैन : प्रवक्ता शर्मा


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संसदमा प्रतिपक्षीको माग अनुसार गृहमन्त्रीमाथि छानबिन समितिको आवश्यकता नखिएको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले गृहमन्त्रीको विषयमा संसदीय छानबिन समिति बनाउने आवश्यकता सरकारले नदेखेको बताएकी हुन् ।

प्रतिपक्षी दल कांग्रेसले भने छानबिन समिति नबनाए आगामी संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ । प्रवक्ता शर्माले यथेष्ट प्रमाण भए जोसुकै व्यक्ति भए पनि कारबाहीमा आउने स्पष्ट पारिन् । उनले राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा सो विषयलाई उठाउन नहुने धारणा राखिन् ।

त्यस्तै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले उच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको जानकारी दिइन् ।

आयोगलाई तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ । आयोगको सदस्यमा पूर्व एआईजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य रहेको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै बैठकले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको छ । अर्को आयोग गठन गर्नका लागि हाललाई आयोग विघटन गरिएको उनको भनाइ छ ।

बैठकले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चैत्र ११ गतेदेखि हुने चीन भ्रमणका लागि स्वीकृति दिने निर्णय गरेको छ भने डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्न ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ५ : ३१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको