यस्तो बन्यो ‘डिग्री माइला’को ट्रेलर  « Khabarhub

यस्तो बन्यो ‘डिग्री माइला’को ट्रेलर 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार कमलपाेखरीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

‘किन चाउरियो मरिच आफ्नै रागले’ स्लोगन दिएर निर्माण गरिएको यस फिल्मको ट्रेलरमा दयाहाङ राईले डिग्रीको घमण्ड देखाएको देख्न सकिन्छ । सबैले गाउँकै शिक्षण संस्था अध्यापन गराउन आग्रह गर्दा पनि उनले घमण्डका साथ इन्कार गरेको ट्रेलरमा देखिन्छ ।

कार्यक्रममा फिल्मका मुख्य कलाकार नायक दयाहाङ राई, नायिका आँचल शर्मा, ऋचा शर्मा, बुद्धि तामाङ, कमलमणि नेपाल माओत्से गुरुङलगायतका कलाकार उपस्थित थिए । फिल्ममा यी बाहेक विजय बराल, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।

त्यस्तै, ऋचाको भने फिल्ममा विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ । रामबाबु गुरुङको निर्देशन रहेको यो फिल्म चैत ३० बाट प्रदर्शनमा आउँदै छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र शुस्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता भने कृश लामा हुन् ।

भिडियाे…

 

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : १४ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको