एनभीए भलिबल च्याम्पियनसिप : त्रिभुवन आर्मी र टिप टप हेल्प नेपालबीच प्रतिस्पर्धा हुने | Khabarhub Khabarhub

एनभीए भलिबल च्याम्पियनसिप : त्रिभुवन आर्मी र टिप टप हेल्प नेपालबीच प्रतिस्पर्धा हुने


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लव र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लव र टिप टप हेल्प नेपालले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । फाइनल खेल शनिबार हुने छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आर्मीले पुलिसलाई रोमाञ्चक खेलमा ३–२ को सेटमा पराजित गरेको हो । आर्मी १८–२५, २५–२३,२४–२६,२५–१३, १५–१३ ले विजयी भएको हो ।

त्यस्तै टिप टप हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ४२ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले