मेडिकल काउन्सिलका प्रतिनिधिलाई गृहमन्त्रीको प्रश्न : हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पतालमा कसरी ?   « Khabarhub

मेडिकल काउन्सिलका प्रतिनिधिलाई गृहमन्त्रीको प्रश्न : हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पतालमा कसरी ?  


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई जमानीमा छाडेर अस्पताल लगिएपछि लामिछानेले काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी सोधपुछ गरेका हुन् ।

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी मन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव समेत मागेको सचिवालयको भनाइ छ ।

शुक्रबार भएको छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे ।

यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्ने बताइएको छ ।

गृहमन्त्रीसँगको छलफल पछि सहभागी काउन्सिलका सदस्य डा कुञ्जसङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलोपटक चासो राखेको बताए ।

छलफलमा डा शेर्पासहित काउन्सिलका सदस्यहरू डा रूपक घिमिरे, डा प्रणयरत्न शाक्य र डा कालुसिंह खत्री सहभागी थिए।

यो पनि- 

गृहको सर्कुलरले उब्जाएको प्रश्न : अब सरकारलाई ‘चोर’ भन्न पाइँदैन ?

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ४५ बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि