अलपत्र खानेपानी आयोजनालाई सम्पन्न गर्न माग « Khabarhub

अलपत्र खानेपानी आयोजनालाई सम्पन्न गर्न माग


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

राँझा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकार सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको जिल्ला कमिटी बैठकलाई आज नेपालगन्जमा सम्बोधन गर्दै उनले विगतमा अलपत्र परेका खानेपानी योजनालाई सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्‍याउने योजनाका साथ आफू अगाडि बढेको उल्लेख गरे ।

‘विगतमा योजना धेरै बनेका छन् तर सम्पन्न हुन सकेका छैनन्, त्यस्ता योजनालाई सम्पन्न गर्न मैले चासो दिएको छु’, मन्त्री राईले भने, ‘जनतालाई पर्याप्त रूपमा खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध भएर लागेको छ ।’

मन्त्री राईले पानी व्यक्ति–व्यक्तिको खुसी र समृद्धिसँग जोडिएको बताउँदै जनतालाई पर्याप्त पानी पुर्‍याउन स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गरिने उल्लेख गरे । उनले पानी गुणस्तरीय, पर्याप्त र पहुँचयोग्य हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा बाँकेमा अलपत्र परेका खानेपानी आयोजनालाई बेलैमा सम्पन्न गरी नेपालगन्ज, कोहलपुर सहरलगायतका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीको पहुँचका लागि मन्त्री राईको ध्यानाकर्षण गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

यसैबीच एमाले बाँकेको नवौँ जिल्ला अधिवेशन आगामी २०८१ जेठ २ र ३ गते नेपालगन्जमा हुने भएको छ । जिल्ला कमिटीको बिहीबार बसेको बैठकले अधिवेशन मिति तय गरेको अध्यक्ष कक्षपतिले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ७ : ३२ बजे

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको

फाफ डु प्लेसिससँग खेल्दा सपनाजस्तै लाग्यो: लोकेश बम

काठमाडौँ- दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसिससँग खेल्नु सपना

दलित समुदायका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दलित समुदायका लागि संविधान र