अलपत्र खानेपानी आयोजनालाई सम्पन्न गर्न माग « Khabarhub

अलपत्र खानेपानी आयोजनालाई सम्पन्न गर्न माग


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

राँझा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकार सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको जिल्ला कमिटी बैठकलाई आज नेपालगन्जमा सम्बोधन गर्दै उनले विगतमा अलपत्र परेका खानेपानी योजनालाई सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्‍याउने योजनाका साथ आफू अगाडि बढेको उल्लेख गरे ।

‘विगतमा योजना धेरै बनेका छन् तर सम्पन्न हुन सकेका छैनन्, त्यस्ता योजनालाई सम्पन्न गर्न मैले चासो दिएको छु’, मन्त्री राईले भने, ‘जनतालाई पर्याप्त रूपमा खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध भएर लागेको छ ।’

मन्त्री राईले पानी व्यक्ति–व्यक्तिको खुसी र समृद्धिसँग जोडिएको बताउँदै जनतालाई पर्याप्त पानी पुर्‍याउन स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गरिने उल्लेख गरे । उनले पानी गुणस्तरीय, पर्याप्त र पहुँचयोग्य हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा बाँकेमा अलपत्र परेका खानेपानी आयोजनालाई बेलैमा सम्पन्न गरी नेपालगन्ज, कोहलपुर सहरलगायतका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीको पहुँचका लागि मन्त्री राईको ध्यानाकर्षण गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

यसैबीच एमाले बाँकेको नवौँ जिल्ला अधिवेशन आगामी २०८१ जेठ २ र ३ गते नेपालगन्जमा हुने भएको छ । जिल्ला कमिटीको बिहीबार बसेको बैठकले अधिवेशन मिति तय गरेको अध्यक्ष कक्षपतिले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ७ : ३२ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती