प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु « Khabarhub

प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि सुरु महोत्सवको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।

सो अवसरमा उनले देश सबैको साझा रहेको भन्दै एक–अर्काको धर्म, संस्कृतिको सम्मान गर्नुपर्ने बताए । उनले आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट हुनुपर्ने भन्दै संविधानमा व्यवस्था भएका कुरा व्यवहारमा लागू हुनुपर्ने बताए ।

यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले आदिवासी जनजातिका हक अधिकारका लागि र सांस्कृतिक पक्षको जगेर्ना गर्न स्थानीय सरकारले सहयोग गरिरहेको बताए । उनले आदिवासी जनजाति सांस्कृतिक महोत्सवले भरतपुर भ्रमण वर्षलाई समेत सफल बनाउने विश्वास व्यक्त गरे ।

महोत्सव उद्घाटन हुनुपूर्व क्याम्पाचौरबाट झाँकीसहितको बृहत् र्याली निकालिएको आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए । जिल्लामा बसोबास गर्दै आएका सबै आदिवासी जनजाति समुदायले वेशभूषासहित जातीय पहिचान झल्किने संस्कृति देखाउँदै महोत्सवस्थल प्रवेश गरेका थिए ।

विसं २०७८ को जनगणनाअनुसार चितवन जिल्लामा आदिवासी जनजातिका ३९ जातिको बसोबास रहेको पाइएको छ । त्यसमध्ये १७ जाति सङ्गठित भइसकेका छन् । ती सबै जातिलाई महासङ्घसँग सम्बन्ध स्थापित गराउन पनि महोत्सवले विशेष भूमिका खेल्ने आयोजकले जनाएको छ । महोत्सवलाई आदिवासी जनजातिमय बनाउनका लागि जनजाति परिसर निर्माण गरिएको छ । ११ वटा जातजातिले सांस्कृतिक घर निर्माण गरेका छन् ।

उनीहरूको घरभित्र दैनिक प्रयोजनमा आउने सामानसमेत राखिएको छ । महोत्सवलाई आदिवासी जनजाति समुदायको संयुक्त सङ्ग्रहालयको रूपमा परिचय दिलाउन पुराना सामग्री प्रदर्शनमा राखिएको संयोजक दुराले जानकारी दिए । यही महोत्सवबाट नेपालमा हराउँदै गएको आदिवासी जनजाति समुदायको पहिचान, संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नमा सहयोग पुग्ने उनको भनाइ छ ।

महोत्सवमा तीन सयभन्दा बढी व्यावसायिक कक्ष राखिएको छ । संस्कृतिसँगै व्यापारिक महोत्सवसमेत भएको हुँदा व्यापार व्यवसाय प्रवर्द्धनमा महोत्सवले भूमिका खेल्ने महोत्सव मूल समारोह समितिका सहसंयोजक सागर कुमालले जानकारी दिए । पहिलोपटक आयोजना गरिएको महोत्सवबाट करिब रु एक करोडबराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब रु ८० लाख खर्च अनुमान गरिएको छ ।

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा आदिवासी जनजातिका परिकारसँगै व्यापारिक कक्ष, बाल उद्यानसमेत निर्माण गरिएको छ । आदिवासी जनजातिका सबै समुदायको सांस्कृतिक नाचगानले हरेक दिन मनोरञ्जन प्रदान गरिने तयारी भएको महोत्सवका सांस्कृतिक संयोजक खिलबहादुर रानामगर (ईश्वर) ले जानकारी दिए ।

त्यसबाहेक स्थानीय तथा राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न विधाका कलाकारले भरपूर मनोरञ्जन प्रदान गर्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : २३ बजे

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य