प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु | Khabarhub Khabarhub

प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि सुरु महोत्सवको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।

सो अवसरमा उनले देश सबैको साझा रहेको भन्दै एक–अर्काको धर्म, संस्कृतिको सम्मान गर्नुपर्ने बताए । उनले आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट हुनुपर्ने भन्दै संविधानमा व्यवस्था भएका कुरा व्यवहारमा लागू हुनुपर्ने बताए ।

यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले आदिवासी जनजातिका हक अधिकारका लागि र सांस्कृतिक पक्षको जगेर्ना गर्न स्थानीय सरकारले सहयोग गरिरहेको बताए । उनले आदिवासी जनजाति सांस्कृतिक महोत्सवले भरतपुर भ्रमण वर्षलाई समेत सफल बनाउने विश्वास व्यक्त गरे ।

महोत्सव उद्घाटन हुनुपूर्व क्याम्पाचौरबाट झाँकीसहितको बृहत् र्याली निकालिएको आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए । जिल्लामा बसोबास गर्दै आएका सबै आदिवासी जनजाति समुदायले वेशभूषासहित जातीय पहिचान झल्किने संस्कृति देखाउँदै महोत्सवस्थल प्रवेश गरेका थिए ।

विसं २०७८ को जनगणनाअनुसार चितवन जिल्लामा आदिवासी जनजातिका ३९ जातिको बसोबास रहेको पाइएको छ । त्यसमध्ये १७ जाति सङ्गठित भइसकेका छन् । ती सबै जातिलाई महासङ्घसँग सम्बन्ध स्थापित गराउन पनि महोत्सवले विशेष भूमिका खेल्ने आयोजकले जनाएको छ । महोत्सवलाई आदिवासी जनजातिमय बनाउनका लागि जनजाति परिसर निर्माण गरिएको छ । ११ वटा जातजातिले सांस्कृतिक घर निर्माण गरेका छन् ।

उनीहरूको घरभित्र दैनिक प्रयोजनमा आउने सामानसमेत राखिएको छ । महोत्सवलाई आदिवासी जनजाति समुदायको संयुक्त सङ्ग्रहालयको रूपमा परिचय दिलाउन पुराना सामग्री प्रदर्शनमा राखिएको संयोजक दुराले जानकारी दिए । यही महोत्सवबाट नेपालमा हराउँदै गएको आदिवासी जनजाति समुदायको पहिचान, संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नमा सहयोग पुग्ने उनको भनाइ छ ।

महोत्सवमा तीन सयभन्दा बढी व्यावसायिक कक्ष राखिएको छ । संस्कृतिसँगै व्यापारिक महोत्सवसमेत भएको हुँदा व्यापार व्यवसाय प्रवर्द्धनमा महोत्सवले भूमिका खेल्ने महोत्सव मूल समारोह समितिका सहसंयोजक सागर कुमालले जानकारी दिए । पहिलोपटक आयोजना गरिएको महोत्सवबाट करिब रु एक करोडबराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब रु ८० लाख खर्च अनुमान गरिएको छ ।

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा आदिवासी जनजातिका परिकारसँगै व्यापारिक कक्ष, बाल उद्यानसमेत निर्माण गरिएको छ । आदिवासी जनजातिका सबै समुदायको सांस्कृतिक नाचगानले हरेक दिन मनोरञ्जन प्रदान गरिने तयारी भएको महोत्सवका सांस्कृतिक संयोजक खिलबहादुर रानामगर (ईश्वर) ले जानकारी दिए ।

त्यसबाहेक स्थानीय तथा राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न विधाका कलाकारले भरपूर मनोरञ्जन प्रदान गर्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : २३ बजे

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय