विश्वव्यापी बढ्दो तापक्रमले खाद्य पदार्थको मूल्य बढाउने « Khabarhub

विश्वव्यापी बढ्दो तापक्रमले खाद्य पदार्थको मूल्य बढाउने


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पेरिस – विश्वव्यापी बढ्दो तापक्रम र गर्मीको लहरका कारण भविष्यमा विश्वभर खाद्यान्नको मूल्य र समग्र मुद्रास्फीति थप बढ्ने अपेक्षा गरिएको वैज्ञानिक र युरोपेली केन्द्रीय बैंकले गरेको नयाँ शोधले बताएको छ ।

बिहीबार कम्युनिकेसन्स अर्थ एन्ड इन्भाइरोन्मेन्ट जर्नलमा प्रकाशित पेपरमा असर अलग अलग भए पनि हरेक स्थानमा विशेषगरी विकासोन्मुख मुलुकहरूमा यसको महसुस हुने बताइएको छ । लु, खडेरी र बाढीजस्ता चरम मौसम तीव्ररूपमा बढिरहँदा र जलवायु तापक्रम बढिरहँदा खेती र खाद्यान्न उत्पादनसहित अर्थतन्त्रका प्रमुख क्षेत्रमा असर परिरहेको छ ।

उक्त नयाँ अध्ययनका लागि पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके) र युरोपेली केन्द्रीय बैंकका शोधकर्ताहरूले सन् १९९६ र सन् २०२१ बीच एक सय २१ मुलुकका ऐतिहासिक मूल्य र मौसमी तथ्याङ्क लिएका थिए ।

उनीहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमबाट सन् २०३५ सम्म विश्वभर खाद्यान्नको मूल्य प्रत्येक वर्ष एक दशमलव ४९ र एक दशमलव ७९ प्रतिशत अङ्कको बीचमा बढ्ने प्रक्षेपण गरेका छन् । समग्र मुद्रास्फीतिमा भविष्यमा तापक्रम वृद्धि र गर्मीको चरम सीमाको प्रभाव सर्वोत्तम र सबैभन्दा खराब स्थिमिा शून्य दशमलव ७६ र शून्य दशमलव ९१ प्रतिशत अङ्कबीच हुनेछ ।

“उच्च तापक्रम विशेषगरी गर्मीमा वा उष्ण स्थानहरूमा मुख्यरूपमा खाद्यान्न मुद्रास्फीतिसहित समग्र मुद्रास्फीतिमा पनि मूल्य बढ्ने हामीले बलियो प्रमाण प्राप्त गरेका छौँ”, पिआइकेबाट रिपोर्ट गरिएक लेखकहरूमध्येका एक म्याक्सिमिलियन कोट्जले बताए ।

उनका अनुसार पहिले नै तातो भएका क्षेत्रहरू विशेषगरी विश्वका गरिब र विकासोन्मुख क्षेत्रमा भविष्यमा तापक्रम वृद्धिबाट खाद्यान्न मूल्य र मुद्रास्फीतिमा प्रभाव सबैभन्दा धेरै महसुस गरिने छ । अध्ययनमा अफ्रिका दक्षिण अमेरिका सबैभन्दा धेरै प्रभावित महादेश बन्ने पाइएको छ । यद्यपि चरम जलवायु सीमाका कारण उत्तरी गोलार्ध उच्च मूल्यबाट नबच्ने कोट्जले बताए।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : ५४ बजे

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको