भारत र भुटानबीचको सम्बन्ध अटुट छ : मोदी « Khabarhub

भारत र भुटानबीचको सम्बन्ध अटुट छ : मोदी


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’लाई भारतको समर्थन रहेको बताएका छन् ।

भुटान भ्रमणमा रहेको मोदीले शुक्रबार तासिछो जोङ दरबारमा सम्बोधन गर्दै ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ दुवैलाई सफल पार्न भारत सहयोग गर्न तयार रहेको बताएका हुन् । भुटानलाई भारतको समर्थन रहेको बताउँदै मोदिले दुई राष्ट्रका जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्नेमा जोड दिए ।

उनले भारत र भुटानको लक्ष्य समान रहेको बताए । मोदीले भने, ‘भारत र भुटानका युवाहरूको आकाङ्क्षा र लक्ष्यहरू समान छन्। भारतले सन् २०४७ सम्ममा विकसित देश बन्ने लक्ष्य राखेको छ भने भुटानले २०२४ सम्ममा उच्च आय भएको देश बन्ने लक्ष्य राखेको छ। यहाँहरूको यो लक्ष्य पूरा गर्न बिबी अर्थात ब्रान्ड भुटान र भुटान बिलिभ दुवैलाई सफल बनाउन भारतले हरेक पाइलामा सहयोग गर्नेछ। ‘एक अर्ब ४० करोड भारतीयलाई भुटानका मानिस आफ्ना देशका परिवारका सदस्य हुन् भन्ने थाहा छ। भुटानका मानिसहरूलाई पनि थाहा छ कि भारत उनीहको परिवार हो। भारत र भुटानबीचको सम्बन्ध अटुट छ। हाम्रो मित्रता, सम्बन्ध र विश्वास अटुट छ ।’

प्रधानमन्त्री मोदीले सन् २०१४ मा भारतको प्रधानमन्त्रीका रूपमा भुटानको पहिलो भ्रमणको स्मरण गरे। उनले भने ‘भुटान र भारतको सम्बन्ध जति पुरानो छ, त्यति नै नयाँ पनि छ। सन् २०१४ मा प्रधानमन्त्री भएपछि भुटान मैले भ्रमण गरेको पहिलो विदेश थियो। दश वर्ष पहिले म यस देशमा आउँदा पाएको न्यानो स्वागतलाई सम्झन्छु’, उनले भने।

प्रधानमन्त्री मोदीले आफ्ना भुटानी समकक्षी छिरिङ तोब्गेसँग पनि भेववार्ता गरेको छ । भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा गरिएको बताइएको छ। दुई नेताले भारत र भुटानबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ पार्ने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री मोदी र तोब्गेले भेटमा बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरुमा छलफल र नवीकरणीय ऊर्जा, कृषि, वन, वातावरण र पर्यटनजस्ता क्षेत्रमा सहकार्य बढाउने समझदारी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ११ : ०९ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष