‘बोक्सीको घर’ : स्टार केकी कि स्क्रिप्ट ? « Khabarhub

‘बोक्सीको घर’ : स्टार केकी कि स्क्रिप्ट ?

भन्छिन्– यो ‘हरर फिल्म’ होइन


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

‘पिपलको रुखलाई विभिन्न दृष्टिकोणले हेर्ने चलन छ । यस रुखसँग धर्म, विज्ञान, अन्धविश्वास अथवा बोक्सी जोडिएको छ । बोक्सीले औंसी–पूर्णेमा यसको रुखलाई उखेलेर कासीमा डुबाएर ल्याउँछे भन्नेसम्मका कुरा सुनिन्छ । फिल्ममा यस्तै विभिन्न विषयलाई सूक्ष्म दृष्टिकोण देखाउन प्रयास गरेका छौं’, यो भनाइ ‘बोक्सीको घर’मा केन्द्रीय भूमिका रहेकी नायिका केकी अधिकारीको हो ।

‘बोक्सीको घर’ केकीका लागि केबल फिल्म मात्रै होइन, अभिनय यात्रामा विशेष स्थान राख्ने महत्वाकांक्षी ‘प्रोजेक्ट’ पनि हो । यो कुरा उनकै भनाइबाट प्रष्ट हुन्छ ।

कोरोनाकालमा घरमा थुनिँदा मनमा खेलेका कुरा स्मणरण गर्दै उनले थपिन्, ‘लकडाउनले घरमा कति थुनिने केही पत्तो थिएन ।

नायिकाहरुलाई तिमीहरुको करिअर १० वर्ष मात्रै भन्ने कुरा पनि चलचित्र क्षेत्रमा सुनेकी थिएँ । यो मान्यता तोड्ने राम्रो फिल्म निर्माण गर्न कथाबारे मनन गर्दा धेरै पटक बोक्सीको घर नाटकलाई फिल्म बनाउनुपर्छ भन्ने जवाफ पाएँ ।’

केकीका लागि यो फिल्म विशेष हुन अन्य कुरा पनि छन् । जस्तो– डेब्यू निर्माणमा बनेका फिल्मका कमजोरी सच्याउने मौका, दर्शकलाई पुरुषप्रधान चलचित्रको भन्दा फरक स्वाद पस्किने अवसर र ‘नेपालमा एकै धारका चलचित्र बन्छन्’ भन्ने सोचाइलाई भत्काउने अवसर केकीको अभिनय यात्रालाई परिस्कृत गर्ने चुनौती छन् ।

आर्ट फिल्मका नाममा एकै ढर्राका फिल्म बनिरहँदा सशक्त सामाजिक ‘थ्रिलर’ फिल्म दिन सके केकीको परिचयमा अर्को विशेषण जोडिने छ ।

उनले यी चुनौतीलाई अवसरका रुपमा बदल्न सक्छिन् कि सक्दिनन्, त्यसका लागि फिल्म पदर्शनको दिन वैशाख १४ कुर्नुपर्छ । यद्यपि महिलाका भावनालाई महिलाकै सोचाइमै फिल्ममा देखाइएकाले फिल्म सशक्त बनेको उनको दाबी छ ।

केकी केन्द्रीय भूमिकामा रहेकाले नायिकालाई नायकको ‘सार्पोटिङ आर्टिस’मा चित्रण गर्ने ‘पारम्पारिक ढर्राको फिल्मभन्दा फरक फिल्म’ भनेर ‘बोक्सीको घर’ले सुरुवातदेखि नै सकारात्मक प्रतिक्रिया पाएको छ । यसलाई इमादारीसाथ फिल्म निर्माण गर्दा पाएको ‘बोनस’का रुपमा ग्रहण गरेको बताउँछिन् ।

‘नायिकालाई आइकनिक चरित्रमा देखाउने फिल्म हो यो । यही कोणबाट चलचित्रमा विज्ञता र चाख राख्नेले लिनुभएको छ । म सन्तुष्ट छु’, उनी दाबी गर्छिन्, ‘प्रायः फिल्म गर्दा कुनै भावना महिलाले अर्कै तरिकाले देखाउँछ भन्ने थाहा हुँदा हुँदै पनि पुरुषको निर्देशक-लेखकीय दृष्टिकोणको भावनमा काम गर्न गरिएको थियो, त्यो कमजोरी दोहोरिएको छैन ।’

कथा सशक्त रहेकाले फिल्मा स्टार कलाकारका नाममा केकी मात्रै छिन् । सुलक्षण भारतीको डेब्यु निर्देशन रहेकालेसमेत फिल्मको नतिजा उनकै नाममा थुपर्ने पक्का छ । यो संयोग कि नियत भन्ने प्रश्नमा उनको जवाफ छ, ‘यो फिल्मको कथा स्टार हो । म पनि कथापछि जोडिएर आएकी छु । यसकारण पनि यो फिल्म सशक्त सन्देश बोकेको फिल्म हो ।’

फिल्म बन्नुको कथा

फिल्मको बन्नुको कथा जान्नुभन्दा पहिला फिल्मको कथा कस्तो हो केकीको शब्दमा– यो ‘हरर’ फिल्म होइन, सामाजिक थ्रिलर फिल्म हो । थोरै मानिसको जीवनमा घटेको घटना अथवा बेवास्तामा परेको घटना चित्रण गरिएको छ । शारीरिक, मानसिक, भावनात्मक हिंसाबाट गुज्रेकी महिलाको कथा हो । नाटकमा बालविवाह र उमेर पुगेपछि विवाह भएकी महिलाको मनस्थितिमा के फरक हुन्छ?, सुन्दर जीवन हुनसक्ने महिलाको दुःखदायी अन्त्य भएको कथा समाहित छ ।

अब फिल्म बन्नुको कथाबारे जानौँ, ‘बोक्सीको घर’ फिल्म बन्नुपछि केकीमा पलाएका दुई लोभ हाबी छन् । ती हुन्– कलाकार केकीलाई पात्रको लोभ र निर्माता केकीलाई दर्शकलाई मनोरञ्जन गर्ने कथाको लोभ ।

बोक्सीको घर सन् २०१५ मा मञ्चन भएको नाटक हेरेपछि फिल्म बनाउने हुटहुटी बढेको उनी सुनाउँछिन् । नजिकका व्यक्तिको सुझावमा नाटक हेर्न पुग्दा सशक्त कथा र उठान भएका विषयले केही समय दैनिकी समेत प्रभावित भएपछि फिल्म बनाउने निर्णयमा पुगेको केकी बताउँछिन् ।

‘नाम सुन्दा बोक्सीकै घटनामा वरिपरीको कथा होला भन्ने मानसिकतामा म नाटक हेर्न गएको थिएँ । तर कथाको दायरा फराकिलो थियो ।

नाटकले दिन खोजेको सन्देश मेरो मानिसकता विशेष स्थान राख्यो । त्यो नाटक सकिएपछि सबै बाहिर निस्किएँ तर म त्यही बसिरहेँ,’ उनी भन्छिन्, ‘अभिनय पेसा भएकाले फिल्मसँग सम्बन्धित मेरो दैनिकी छ । त्यही प्रभावित भयो । लकडाउनको फुर्सदले यो मौका दियो ।’

त्यसपछि दोस्रो व्यक्तिको मध्यस्थतामा नाटक निर्देशक तथा लेखक सुलक्षण भारतीसँग सम्पर्क भएपछि फिल्म निर्माण अघि बढेको केकी बताउँछिन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : ०५ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा