आज २०८१ साल वैशाख १० गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख १० गते सोमबारको राशिफल


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख १० गते सोमबार तदनुसार सन् २०२४ अप्रिल २२ तारिख। चैत शुक्ल पक्षको चतुर्दशी तिथि। विश्व पृथ्वी दिवस। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आज बनाएका योजना दीर्घकालीन हुनेछन्। व्यवसायमा लाभ मिल्नेछ। सामाजिक सेवा गर्ने अवसर छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : मेहनत गरेको क्षेत्रमा सफलता मिल्नेछ। नाम र दाम कमाउने समय छ। अभिभावक र साथीसँग भेट हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट मन खुशी हुनेछ।

मिथुन : शेयर कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ। गुम्न लागेको धन प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। परिवारबाट साथ र सहयोग रहनेछ।

कर्कट : शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा विवादको सामना गर्नुपर्नेछ। लामो यात्रामा नजानु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रम र लगानीबाट सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ।

सिंह : व्यापारमा सफलता प्राप्त हुनेछ। लामो समयको संघर्षपछि तपाईंको उदय हुने दिन हो। थोरै बोलेर धेरै काम गर्नुपर्ने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

कन्या : धार्मिक यात्राको योग रहेको छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। आलस्य त्यागेर काम गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : मिठो खाने अवसर मिल्नेछ। बलले भन्दा बुद्धिले धेरै काम गर्नुपर्नेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा रमाइलो हुनेछ।

वृश्चिक : रोकिएको कामलाई निरन्तरता दिनु राम्रो हुन्छ। अरु सजिलै सफल बन्दा तपाईंले बढी श्रम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ, सहयोग र माया प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुने योग छ। जागिरमा बढुवा हुनेछ।

धनु : पारिवारिक समस्याले सताउने योग छ। मासु, मदिरा र सुन्दरताको पछाडि नलाग्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : हतारमा निर्णय गर्नु राम्रो हुँदैन। साथीले सहयोग गर्नेछन्। बौद्धिक व्यक्तिसँग सुझाव लिएर काम थाल्नु राम्रो हुन्छ। व्यापार भए आम्दानी बढ्नेछ।

कुम्भ : बोलीमा नम्रता र भावमा शुद्धता आवश्यक देखिन्छ। मनमा कुरा खेल्दै गर्दा काम गर्ने आँट नहुन सक्छ। तर परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

मीन : शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। विद्याको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ०९ बजे

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने