अग्लो सिरानी बनाएर सुत्दा के हुन्छ ? « Khabarhub

अग्लो सिरानी बनाएर सुत्दा के हुन्छ ?


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुत्नका लागि सिरानी एक महत्त्वपूर्ण वस्तु हो । मानिसको एक तिहाइ जीवन सुतेरै बित्छ । के सिरानी बिना सुत्न सकिएला त ? सुत्नुअघि नै मानिसले सिरानी खोइ भन्न थालिहाल्छन् । सिरानी बिना सुत्ने कुरा हामी परिकल्पना पनि गर्न सक्दैनौँ किनभने सिरानीले हाम्रो निद्राको गुणवत्तामा सीधा प्रभाव पार्छ ।

मानव शरीरको हड्डीको संरचना शरीर हुँदै हाम्रो दिमागसम्म जोडिएको हुन्छ । यसको रचना नै त्यसरी भएको छ । जब हामीले सिरानी राखेर सुत्ने गर्छौँ, तब हाम्रो शरीरमा धेरै फरक पर्छ । सिरानी राखेर सुत्दा मानव शरीरले पूर्ण रुपमा काम गर्न नपाउने र तनाव व्यवस्थापन गर्न समेत गाह्रो हुने विभिन्न रिपोर्टहरूले देखाएका छन् । तर धेरै अग्लो सिरानी लगाएर सुत्नु नोक्सान दायक पनि हुन सक्छ ।  

टाउको दुख्ने र माइग्रेन
अग्लो सिरानीमा सुत्दा टाउको दुख्ने र माइग्रेनको समेत समस्या हुन्छ ।  सिरानीको अनुचित पोजिशनले गर्दा टाउको दुख्ने सम्भावना बढ्छ ।

तनाव हट्दैन
हामी दिनभरिको थकानका कारण रातिको समयमा आराम गर्ने गर्छौँ । त्यो अवस्थामा अग्लो सिरानी राख्दा तनाव हट्न सक्दैन । यसले गर्दा हाम्रो शरीरको तनाव पनि हड्डीतिर सर्न थाल्छ । एक हिसाबले भन्ने हो भने अग्लो सिरानीका कारण हाम्रो तनाव र थकान राम्रोसँग सञ्चार भएर बाहिर निस्किन पाउँदैन ।

तनाव बढी हुन थालेपछि शरीरको थकान पनि मेटिँदैन । यसले हाम्रो दैनिकीलाई नै असर पार्न थाल्छ । यसको असर रिंगटा लाग्ने, केही सेकेन्डका लागि चक्कर आउने, टाउको भारी हुने, सोच्ने तरिकामा समेत समस्या पर्ने हुन्छ ।

गर्दन दुख्नु
अग्लो सिरानीको प्रयोगले गर्दनमा असह्य पीडा हुन्छ । लामो समयसम्म अग्लो सिरानीमा सुत्नाले गर्दनको मांसपेशीमा तनाव बढ्छ ।

मानसिक स्वास्थ्यमा असर
अग्लो सिरानीको प्रयोगले मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्छ । अस्पतालमा पनि डाक्टरले अपरेसन गर्दा कुनै सिरानीको प्रयोग नगर्ने गरेको पाइन्छ । यद्यपि, कसैलाई अग्लो सिरानीमा सुत्दा कुनै पनि प्रकारको समस्या भइरहेको छ भने डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १० : १७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा