इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो | Khabarhub Khabarhub

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् ।

चिकित्सकले आकस्मिक सी–सेक्शन प्रसूति मार्फत शिशुको उद्धार गरेका थिए । जन्मँदा बच्चाको तौल १.४ किलोग्राम (३.०९ पाउण्ड) थियो। उनको अवस्था स्थिर रहेको छ । बिस्तारै उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।

महिलाको पहिचान सबरीन अल-सकानीको रूपमा गरिएको छ। दुई घरमा इजरायली हवाई आक्रमणमा बालिकाकी आमा, बुबा र बहिनीसहित १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। जसमा एकै परिवारका १३ बालबालिका रहेका छन् ।

नवजात बालिकाका काका रामी अल शेखले आफ्नी जेठी बहिनी मलाक आफ्नो जन्ममा निकै खुसी भएको बताए । उनी आफ्नी कान्छी बहिनीको नाम रुह राख्न चाहन्थिन्, जसको अर्थ अरबीमा आत्मा हो। तर, कान्छी बहिनी संसारमा आउनुअघि नै मलाकको हवाई आक्रमणमा मृत्यु भयो ।

रफाहको अस्पतालमा शिशुको हेरचाह गरिरहेका डाक्टर मोहम्मद सलामाले नवजात शिशुलाई अर्को बच्चासँगै इन्क्युबेटरमा राखिएको बताए। उनलाई तीनदेखि चार सातासम्म अस्पतालमा राखिनेछ । बालिका बाँचे तर अनाथ भएर जन्मिनु सबैभन्दा ठूलो दुःखद कुरा डाक्टरले बताए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : १२ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन