बिरामी ओली एमालेको हिरक महोत्सवमा उपस्थित, झलनाथ पनि पुगे  « Khabarhub

बिरामी ओली एमालेको हिरक महोत्सवमा उपस्थित, झलनाथ पनि पुगे 


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाउको दुख्ने, रुघाखोकी र ज्वरो आएर घरमै आराम गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली हिरक महोत्सवमा उपस्थित भएका छन् ।

प्रतिनिधि परिषद् बैठकको दोस्रो दिन अस्वस्थताको कारण उपस्थित हुन नसकेका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आज हिरक महोत्सवमा सहभागी भएका छन् ।

नेकपा एमालेले आज नेकपा स्थापना दिवसको अवसरमा हिरक महोत्सव मनाउँदै छ सो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगिसकेका छन् ।

यस्तै पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगिसकेको एमाले उपाध्यक्ष ईश्वर पोख्रेलको भनाइ छ । उनलाई प्रमुख वक्ताको रूपमा बोलाइएको  हो ।

यस्तै मन्त्रीपरिषद् बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल पनि हिरक महोत्सवमा जाने छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराज हलमा हिरक महोत्सवको विशेष समारोह आयोजना गरिएको छ ।

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री र अन्य पार्टी प्रमुख पनि कार्यक्रममा सहभागी  छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि आमन्त्रण गरिएको थियो । उनी अहिलेसम्म पुगेका छैनन् ।

आज महोत्सवमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरिने छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ४४ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी