बिरामी ओली एमालेको हिरक महोत्सवमा उपस्थित, झलनाथ पनि पुगे  « Khabarhub

बिरामी ओली एमालेको हिरक महोत्सवमा उपस्थित, झलनाथ पनि पुगे 


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाउको दुख्ने, रुघाखोकी र ज्वरो आएर घरमै आराम गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली हिरक महोत्सवमा उपस्थित भएका छन् ।

प्रतिनिधि परिषद् बैठकको दोस्रो दिन अस्वस्थताको कारण उपस्थित हुन नसकेका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आज हिरक महोत्सवमा सहभागी भएका छन् ।

नेकपा एमालेले आज नेकपा स्थापना दिवसको अवसरमा हिरक महोत्सव मनाउँदै छ सो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगिसकेका छन् ।

यस्तै पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगिसकेको एमाले उपाध्यक्ष ईश्वर पोख्रेलको भनाइ छ । उनलाई प्रमुख वक्ताको रूपमा बोलाइएको  हो ।

यस्तै मन्त्रीपरिषद् बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल पनि हिरक महोत्सवमा जाने छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराज हलमा हिरक महोत्सवको विशेष समारोह आयोजना गरिएको छ ।

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री र अन्य पार्टी प्रमुख पनि कार्यक्रममा सहभागी  छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि आमन्त्रण गरिएको थियो । उनी अहिलेसम्म पुगेका छैनन् ।

आज महोत्सवमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरिने छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ४४ बजे

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर