एमालेको हिरक महोत्सवमा माधव अनुपस्थित, सचिवालय भन्छ : हाम्रो सेडयुलमा छैन « Khabarhub

एमालेको हिरक महोत्सवमा माधव अनुपस्थित, सचिवालय भन्छ : हाम्रो सेडयुलमा छैन


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको हिरक महोत्सवमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी नहुने भएका छन् ।

उनको सचिवालयका अनुसार नेपाल एमालेको कार्यक्रममा गोदावारी जाने कुनै जानकारी छैन ।

सचिवालयले भन्यो, ‘हाम्रो सेडयुलमा छैन ।’

एमाले उपाध्यक्ष ईश्वर पोख्रेलका अनुसार एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने कार्यक्रममा पुगिसकेका छन् ।

यस्तै, मन्त्रीपरिषद् बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल पनि हिरक महोत्सवमा हिँडिसकेका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराज हलमा हिरक महोत्सवको विशेष समारोह आयोजना गरिएको छ ।

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री र अन्य पार्टी प्रमुख पनि कार्यक्रममा सहभागी  छन् । बाबुराम भट्टराई पनि पुगिसकेका छन् ।

सत्ता साझेदार दल भए पनि एकीकृत समाजवादीले एमालेको कार्यक्रम बहिस्कार गरेको बुझिएको छ ।

एमाले अध्यक्ष ओली र माधव नेपालको सम्बन्ध राम्रो नभएका कारण नेपाले कार्यक्रम नै बहिस्कार गरेको बुझिएको छ ।

याे पनि …

गठबन्धन कति दिन टिक्छ, टुङ्गो छैन : माधव नेपाल

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १ : २५ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६