नौ महिनामा बढी आयात भए यी १० वस्तु « Khabarhub

नौ महिनामा बढी आयात भए यी १० वस्तु


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ९ महिना अर्थात् चैत मसान्तसम्ममा नेपालमा सबैभन्दा धेरै पेट्रोल, डिजेल र ग्यास मात्र करिब २ खर्बको आयात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा सबैभन्दा बढी आयात हुनेमा पेट्रोल, डिजेल र ग्यास रहेको देखिएको हो ।

तथ्यांकअनुसार समीक्षा अवधिमा १ खर्ब ९४ अर्ब ४९ करोड रुपैयाँ बराबरको पेट्रोल, डिजेल र ग्यास आयात भएको छ । जसमा १ खर्ब ३ अर्ब २२ करोड ८४ लाख रुपैयाँको डिजेल, महिनामा ५० अर्ब २५ करोड ३९ लाख रुपैयाँको पेट्रोल र ४१ अर्ब ७६ लाख बराबरको एलपी ग्यास आयात भएको हो ।

विभागकाअनुसार डिजेल आयतबाट ३९ अर्ब ९८ करोड १२ लाख, पेट्रोल आयतबाट २८ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ र ग्यासको आयतबाट ७ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ सरकारले भन्सार राजस्व आम्दानी गरेको छ ।

त्यस्तै, तथ्यांकले चौथो बढी आयात हुने वस्तुमा गालेर अर्ध तयार गरिएको फलामको कच्चा पदार्थजन्य वस्तु रहेको देखाएको छ । जसको आयात २८ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ बराबरको ६ खर्ब ७ अर्ब ५२ करोड ४७ लाख केजी परिमाणमा रहेको छ । जसबाट सरकारले ४ अर्ब ८ करोड ५४ लाख रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

त्यस्तै, बढी आयात हुने पाँचौँ नम्बरमा उद्योगहरूले कच्चा पदार्थकै रूपमा प्रयोग गर्ने फलामका डन्डी पर्छ । जुन चालु आवको ९ महिनामा २७ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ बराबरको ३२ अर्ब ४२ करोड ६२ लाख केजी आयात भएको छ । जसबाट ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

स्मार्ट फोन पनि बढी आयात हुने वस्तु मध्ये छैटौं स्थानमा रहेको छ । चालु आवको चैत मसान्तसम्ममा २१ अर्ब ७५ करोड २८ लाख रुपैयाँ बराबरको १३ लाख ९१ हजार ८४५ पिस स्मार्टफोन आयात भयो । जसबाट सरकारले ४ अर्ब ५ करोड रुपैयाँ बराबरको भन्सार राजस्व आम्दानी गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा औषधि तथा फार्मेसीजन्य वस्तुहरूको आयात २० अर्ब ५६ करोड ८ लाख रुपैयाँ बराबरको भएको छ । जसबाट सरकारले १ अर्ब ३ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

साथै, धेरै आयात हुने वस्तुको आठौं स्थानमा कोइला रहेको विभागको तथ्यांकले देखाएको छ । चालु आवको ९ महिनाको अवधिमा नेपालमा १७ अर्ब ९५ करोड ६४ लाख रुपैयाँ बराबरको कोइला आयात भएको र सोबाट सरकारले ३ अर्ब ३१ करोड ६२ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

त्यस्तै नेपालीले समीक्षा अवधिमा १६ अर्ब १२ करोड २५ लाख रुपैयाँको सुन आयात आयात गरेका छन् । जसबाट सरकारले २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १ : ४७ बजे

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप