नौ महिनामा बढी आयात भए यी १० वस्तु « Khabarhub

नौ महिनामा बढी आयात भए यी १० वस्तु


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ९ महिना अर्थात् चैत मसान्तसम्ममा नेपालमा सबैभन्दा धेरै पेट्रोल, डिजेल र ग्यास मात्र करिब २ खर्बको आयात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा सबैभन्दा बढी आयात हुनेमा पेट्रोल, डिजेल र ग्यास रहेको देखिएको हो ।

तथ्यांकअनुसार समीक्षा अवधिमा १ खर्ब ९४ अर्ब ४९ करोड रुपैयाँ बराबरको पेट्रोल, डिजेल र ग्यास आयात भएको छ । जसमा १ खर्ब ३ अर्ब २२ करोड ८४ लाख रुपैयाँको डिजेल, महिनामा ५० अर्ब २५ करोड ३९ लाख रुपैयाँको पेट्रोल र ४१ अर्ब ७६ लाख बराबरको एलपी ग्यास आयात भएको हो ।

विभागकाअनुसार डिजेल आयतबाट ३९ अर्ब ९८ करोड १२ लाख, पेट्रोल आयतबाट २८ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ र ग्यासको आयतबाट ७ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ सरकारले भन्सार राजस्व आम्दानी गरेको छ ।

त्यस्तै, तथ्यांकले चौथो बढी आयात हुने वस्तुमा गालेर अर्ध तयार गरिएको फलामको कच्चा पदार्थजन्य वस्तु रहेको देखाएको छ । जसको आयात २८ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ बराबरको ६ खर्ब ७ अर्ब ५२ करोड ४७ लाख केजी परिमाणमा रहेको छ । जसबाट सरकारले ४ अर्ब ८ करोड ५४ लाख रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

त्यस्तै, बढी आयात हुने पाँचौँ नम्बरमा उद्योगहरूले कच्चा पदार्थकै रूपमा प्रयोग गर्ने फलामका डन्डी पर्छ । जुन चालु आवको ९ महिनामा २७ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ बराबरको ३२ अर्ब ४२ करोड ६२ लाख केजी आयात भएको छ । जसबाट ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

स्मार्ट फोन पनि बढी आयात हुने वस्तु मध्ये छैटौं स्थानमा रहेको छ । चालु आवको चैत मसान्तसम्ममा २१ अर्ब ७५ करोड २८ लाख रुपैयाँ बराबरको १३ लाख ९१ हजार ८४५ पिस स्मार्टफोन आयात भयो । जसबाट सरकारले ४ अर्ब ५ करोड रुपैयाँ बराबरको भन्सार राजस्व आम्दानी गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा औषधि तथा फार्मेसीजन्य वस्तुहरूको आयात २० अर्ब ५६ करोड ८ लाख रुपैयाँ बराबरको भएको छ । जसबाट सरकारले १ अर्ब ३ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

साथै, धेरै आयात हुने वस्तुको आठौं स्थानमा कोइला रहेको विभागको तथ्यांकले देखाएको छ । चालु आवको ९ महिनाको अवधिमा नेपालमा १७ अर्ब ९५ करोड ६४ लाख रुपैयाँ बराबरको कोइला आयात भएको र सोबाट सरकारले ३ अर्ब ३१ करोड ६२ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

त्यस्तै नेपालीले समीक्षा अवधिमा १६ अर्ब १२ करोड २५ लाख रुपैयाँको सुन आयात आयात गरेका छन् । जसबाट सरकारले २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १ : ४७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल