तनहुँका युवायुवतीलाई वारिष्टा तालिम « Khabarhub

  तनहुँका युवायुवतीलाई वारिष्टा तालिम


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन व्यासका तीस जना युवायुवतीलाई वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ । व्यास नगरपालिका ३ नं वडा कार्यालयको आयोजनामा बेरोजगार युवायुवतीलाई समावेश गरी ४५ दिनको तालिम प्रदान गरिएको हो ।

बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए। ‘व्यक्तिगतरुपमा तालिम लिँदा प्रतिव्यक्ति रु १७ हजारसम्म लाग्ने रहेछ’, वडा सदस्य घिमिरेले भने, ‘वडाको बजेटले मात्रै धान्न नसक्ने भएपछि लागत सहभागिता समावेश गरिएको छ ।’

उनका अनुसार तालिममा सहभागीलाई प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले शुल्क निर्धारण गरिएको छ । सिकेको सीपलाई व्यवहारमा लागू गर्न सकेको अवस्थामा आत्मनिर्भर बन्न कसैको मुख ताक्नु पर्दैन । तालिममा प्रशिक्षार्थीको पनि लगानी भएपछि तालिम अझ प्रभावकारी बन्ने विश्वास गरिएको व्यास–३ का वडाध्यक्ष अनुप रानाले बताए ।

वडाबाट सीपमूलक तालिमका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए । आइतबारदेखि सुरु भएको उक्त तालिमको मुख्य प्रशिक्षकमा अञ्जिल मियाँ रहेकि छन्  । तालिम जेठ २४ गतेसम्म सञ्चालन हुनेछ ।

बेरोजगार युवायुवतीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन नगरपालिकाले प्राथमिकता दिँदै आएको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

‘सीप सिकेर विदेशमा होइन स्वदेशमै स्वरोजगार बनाउन पहल गरिनुपर्छ’, उनले भने, ‘व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा सीपमूलक र आयमूलक तालिमलाई जोड दिइएको छ ।’

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : ४९ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार