ओली भन्छन् : कम्युनिस्ट पार्टीहरू आएदेखि देशलाई लाभैलाभ भयो « Khabarhub

ओली भन्छन् : कम्युनिस्ट पार्टीहरू आएदेखि देशलाई लाभैलाभ भयो


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीहरूका कारण देशले लाभैलाभ लिएको बताएका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पद गणतन्त्रको प्रतीक रहेको बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बा सम्मानित गरेपछि उनले यस्तो बताएका हुन्। ‘राष्ट्रपति पद गणतन्त्रको प्रतीक हो । जनताको सर्वोच्चताको चिह्न हो’, उनले भने, ‘कतिपय मानिसहरू श्रीपेंच लगाएर राजाका नाममा हीनताबोध महसुस गर्छन् । लोकतन्त्र र समाजवादप्रतिको संघर्ष हेरेर उहाँ (विद्या भण्डारी) लाई गणतन्त्र गौरवद्वारा सम्मानित गरेका हौँ ।’

ओलीले देशका लागि कम्युनिस्ट पार्टीहरू लक्षिणका रहेका बताए । ‘कम्युनिस्ट जन्मिएदेखि राणा शासन फ्याँकियो। देशमा उथलपुथल भएर जनताले जित्दै आएका छन्’, उनले भने, ‘गाउँमा मेरो त छोरी जन्मिएपछि लाभैलाभ भएको भन्छन् नि, नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ ।’

उनले २००७ सालमा कम्युनिस्ट कमजोर भएका बेला त्यसबेलाको आन्दोलन सफल हुन नदिइएको बताए ।

‘२००७ सालको आन्दोलनलाई राजा राणा र दिल्ली मिलेर तुहाए सफलतामा पुग्न दिएनन्’, उनले भने, ‘कम्युनिस्ट पार्टीले त्यसबेला असफलतामा टुंग्याइयो भनेका थिए। कम्युनिस्ट पार्टीले त्यस बेला भनेको ठीक थियो ।’

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : ०५ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त