भक्कानिँदै विद्याले भनिन्, ‘मदनका सपना साकार पार्ने अभियानमा छु’   « Khabarhub

भक्कानिँदै विद्याले भनिन्, ‘मदनका सपना साकार पार्ने अभियानमा छु’  


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीलाई सम्झेर भक्कानिएकी छन् । सोमबार एमालेले नेकपा स्थापनाको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वराष्ट्रपति भण्डारी भक्कानिएकी हुन् ।

उनले श्रीमान् नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको निधनपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताएकी थिइन् । मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक भएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरूप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताइन् ।

उनले भनिन्- ‘नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते जिप दुर्घटनामा परी निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो। नेकपा एमालेको प्रेरणा , प्रोत्साहन एवं कार्यकर्ता सदस्य यथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिक सक्रिय रूपमा लाग्ने परिवेश निर्माण भएको हो ।’

भिडियाेमा हेर्नुहाेस् :

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : १५ बजे

‘शताब्दी घर’मा लाखेको बिदाइ !

गण्डकी– तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका