माओवादी आन्दोलनको यात्रा जारी छ : उपाध्यक्ष सापकोटा « Khabarhub

माओवादी आन्दोलनको यात्रा जारी छ : उपाध्यक्ष सापकोटा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले माओवादी आन्दोलनको यात्रा जारी रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आइतबार नवौँ पूर्ण बैठकमा उनले माओवादी पार्टी मात्रै नभएर विचारसहितको आन्दोलन पनि भएकाले निराश नभएर निरन्तर पार्टी र आन्दोलनमा लाग्न आग्रह गरे ।

‍सबै कुराको निर्धारण विचार र सिद्धान्तले गर्ने भएकाले पार्टी जति बिग्रिँदै गए पनि आन्दोलनको यात्रा नरोकिने उनको भनाइ छ । ‘विचार र सिद्धान्तलाई सामान्य र कमजोर नठान्न सबैलाई विनम्र आग्रह छ, राम्रो नीति, योजना, कार्यदिशा र सिद्धान्त भयो भने अगाडि बढ्न कुनै अप्ठ्यारो छैन, त्यो तागत माओवादी पार्टीभित्र छ’, उनले भने ।

राजनीतिलाई कमजोर रूपमा नलिन र सामान्य ढङ्गले नसोच्न आग्रह गर्नै उनले सबै चिजको निर्धारण त्यसैले गर्ने भएकाले राजनीतिलाई अझ गहिराइमा पुगेर बुझ्न सबै नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

जनताले अझै पनि माओवादी पार्टीप्रति नै बढी विश्वास गरेको भए पनि २०५७ सालदेखि माओवादी पार्टीभित्र विचारको संश्लेषण गर्ने परिपाटी छोड्दै गएकाले पार्टी पछि पर्दै गएको उनको भनाइ छ ।

‘हामीले माथि मात्रै हेर्ने, विश्वास गर्ने र त्यसैमा रमाउने मात्रै गरिरह्यौँ’, त्यसबाट मुक्त हुँदै पार्टीको जग भनेको नै आधारभूत वर्ग किसान, मजदुर, पिछडिएको वर्ग र समुदायलाई बुझ्ने कामलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।’ उनले भने ।

पार्टीलाई अझ गति पैदा गराउन राजनीतिक खोज, अनुसन्धान र विश्लेषणलाई महत्वका साथ लिएर नयाँ योजना बनाएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले आम नेता, कार्यकर्ताले पनि आफूलाई रूपान्तरण गर्दै बदल्न आफैँलाई चिन्नका लागि सोच्नसमेत आग्रह गरेका छन् ।

अबको चार महिनाभित्रमा पार्टीको जन वर्गीय सङ्गठन र मोर्चाको सम्मेलन, भेला र प्रशिक्षण राखेर सङ्गठनलाई सक्रिय र चलायमान बनाउन लाग्न सबै कमिटीलाई उनले आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य सूर्यमान दोङ (लालध्वज) ले पार्टी सङ्घ, प्रदेश र स्थानीय सबै तहमा सरकारमा रहेका कारण पार्टीभित्र देखिएको समस्या समाधान गर्न आधार प्रशस्त रहेको बताए । कतिपय नेताले चित्त नबुझेर दिने गरेको राजीनामा मात्रै समस्याको समाधान नभएको टिप्पणी गर्दै नेतृत्व लिन र त्यही खालको परिणाम दिने गरी काम गर्न तयार रहन आग्रह गरेका छन् ।

पार्टी समस्याको निकास दिन र समानताको प्रतीकका रूपमा उभिएको भन्दै उनले नेता भएर साधारण जनताको सोच र चिन्तनमा बहकिने जस्तो व्यवहार नदेखाउन आग्रह गरे ।

पार्टीको केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला कमिटी इन्चार्ज तेजबहादुर मिजारले पार्टीले ल्याएको जबस मोर्चालाई सङ्गठित र क्रियाशील बनाउने अभियानलाई मूर्तरूप दिन अभियानमा लामबद्ध हुन तयार रहेको बताए ।

पार्टीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पार्टी सङ्गठनभित्र सबै ठाउँमा समस्या देखा परेको भन्दै समाधानका लागि अगाडि बढ्न सबै जिल्लाका नेतृत्व र सिङ्गो पार्टी तयार रहन आग्रह गरे ।

‘नयाँ समस्या जति आयो, त्यति नै समाधान गर्न पार्टी नेतृत्व अगाडि बढ्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यस खालका गतिविधि अवरुद्ध हुँदै आएको छ, त्यसका लागि वडा, पालिका र जिल्ला कमिटीले हिम्मत गर्न सक्नुपर्छ ।’

पार्टी जिल्ला कमिटी संयोजक भोला अर्यालको अध्यक्षतामा भएको बैठकमा सहभागी नेता र पालिका कमिटीका अध्यक्षले पार्टीलाई सक्रिय बनाउनुपर्ने, सबै जन वर्गीय सङ्गठन र मोर्चाको भेला, बैठक, प्रशिक्षणको आयोजना गरी सक्रिय पार्टी सङ्गठन निर्माण गर्न जोड दिएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : २२ बजे

दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल

दार्चुला– विद्युत् भार कटौतीका कारण राति अन्धकार हुने दार्चुलाका सडक

कुमारी बैंकद्धारा इलाममा वृक्षारोपण कार्यक्रम

काठमाडौं– विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक

सीमा विवादमा बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ

काठमाडौं- अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने

क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

कैलाली– धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण