इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा | Khabarhub Khabarhub

इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलको सैन्य इन्टेलिजेन्स प्रमुख अहारून हालिवाले राजीनामा दिएका छन् ।

अक्टोबर २०२३ मा इजरायलमाथि हमासको हमलापछि राजीनामा दिने हालिवा पहिलो उच्च सैन्य अधिकारी हुन् ।

गत वर्ष भएको हमासको हमलालाई लिएर उनले सुरक्षा कमजोरी भएको स्वीकारेका थिए ।

उनले त्यसबेला सुरक्षामा कमजोरी भएकै कारण हमासले नरसंहार मच्चाउन सकेको बताएका थिए ।

७ अक्टोबरमा भएको त्यस हमलामा कम्तीमा पनि १२ सय जना इजरायली र विदेशी नागरिक मारिएका थिए । उक्त घटनामा नेपालका १० नागरिक पनि परे ।

हमासले त्यसबेला कब्जामा लिएका २ सयभन्दा बढी सर्वसाधारण अझै बेपत्ता छन्। जसमध्ये नेपालका विपिन जोश पनि एक हुन् ।

इजरा‍यली सेनाको तर्फबाट सोमबार जारी विज्ञप्तिमा नयाँ जासुसी प्रमुख नियुक्त भएपछि मेजर जनरल अहारून हालिवाले पद छाड्ने छन् ।

विश्लेषकहरूले हालिवाले पद त्यागेसँगै अन्य कयौँ ठूला इजरायली सैन्य अधिकारीहरूले पनि राजीनामा दिन सक्ने बताएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : ३३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको