इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा « Khabarhub

इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलको सैन्य इन्टेलिजेन्स प्रमुख अहारून हालिवाले राजीनामा दिएका छन् ।

अक्टोबर २०२३ मा इजरायलमाथि हमासको हमलापछि राजीनामा दिने हालिवा पहिलो उच्च सैन्य अधिकारी हुन् ।

गत वर्ष भएको हमासको हमलालाई लिएर उनले सुरक्षा कमजोरी भएको स्वीकारेका थिए ।

उनले त्यसबेला सुरक्षामा कमजोरी भएकै कारण हमासले नरसंहार मच्चाउन सकेको बताएका थिए ।

७ अक्टोबरमा भएको त्यस हमलामा कम्तीमा पनि १२ सय जना इजरायली र विदेशी नागरिक मारिएका थिए । उक्त घटनामा नेपालका १० नागरिक पनि परे ।

हमासले त्यसबेला कब्जामा लिएका २ सयभन्दा बढी सर्वसाधारण अझै बेपत्ता छन्। जसमध्ये नेपालका विपिन जोश पनि एक हुन् ।

इजरा‍यली सेनाको तर्फबाट सोमबार जारी विज्ञप्तिमा नयाँ जासुसी प्रमुख नियुक्त भएपछि मेजर जनरल अहारून हालिवाले पद छाड्ने छन् ।

विश्लेषकहरूले हालिवाले पद त्यागेसँगै अन्य कयौँ ठूला इजरायली सैन्य अधिकारीहरूले पनि राजीनामा दिन सक्ने बताएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : ३३ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा