साहना प्रधान स्मृति राष्ट्रिय हक्की प्रतियोगिता शनिबारदेखि « Khabarhub

साहना प्रधान स्मृति राष्ट्रिय हक्की प्रतियोगिता शनिबारदेखि


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल हक्की सङ्घको आयोजनामा छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहने आयोजक हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ ।समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख खर्च हुने हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । पाँचदिने उक्त प्रतियोगिताका खेलहरु काभ्रेको धुलिखेल खेलकुद मैदानमा हुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ९ : ०५ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको