गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजारभन्दा बढी « Khabarhub

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजारभन्दा बढी


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१ पुगेको हमास शासित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन् ।

गत बर्षको अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासले इजरायलको दक्षिणी सिमानामा एक्कासी आक्रमण गरी करिब एक हजार २०० जनाको ज्यान लिएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई अपहरण गरेको थियो ।

मन्त्रालयको तथ्याङ्कअनुसार हमास आक्रमणको बदलामा जारी इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ३४ हजार १५१ पुगेको छ भने यस क्रममा ७७ हजार ८४ जना घाइते भएका छन् ।

भारी बमबारी र उद्धारकर्मीको अभावका बीच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।

उत्त जसमा लगभग १,२०० व्यक्तिको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ९ : ४० बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति