भोजपुर गोल्डकप : धनकुटालाई हराउँदै खोटाङ सेमिफाइनलमा « Khabarhub

भोजपुर गोल्डकप : धनकुटालाई हराउँदै खोटाङ सेमिफाइनलमा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनकुटाको राजारानी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दे खोटाङको भगवती स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा भएको खेलमा दुवै टिमका तर्फबाट पहिलो हाफसम्म कुनै गोल हुन सकेको थिएन । दोस्रो हाफमा खोटाङका तर्फबाट जर्सी नम्वर नौ का मार्टिनले दुई गोल गरेका थिए ।

धनकुटाका तर्फबाट जर्सी नम्बर २३ का सुनिल खड्काले एक गोल मात्र फर्काउन सफल भए । प्रतियोगिताको म्यान अफ द म्याच खोटाङका मार्टिन भएका छन् । उनले नगद पाँच हजार र मेडल प्राप्त गरे ।

आजको खेलका विजेता खोटाङको भगवती स्पोर्टस क्लबले पहिलो खेलको बिजेता त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई शून्यका विरुद्ध चार गोल गर्दे सेमिफाइनलको यात्रा तय गरेको थियो ।

मङ्गलबारको तेस्रो खेल सलहेश युवा क्लब सिरहा र डाँगीहाट युथ क्लब मोरङका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।

फाइनल खेल आगामी वैशाख १५ गते हुनेछ ।प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउनेछन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १० : ०३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना