के हो प्रसव फिस्टुला ? | Khabarhub Khabarhub

के हो प्रसव फिस्टुला ?


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

लामो र कठिन सुत्केरी व्यथापछि महिलाको योनीमार्गबाट लगातार पिसाब, दिसा वा दुबै चुहिरहने अवस्था प्रसव फिस्टुला हो। सुविधायुक्त स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थकर्मीबाट सुत्केरी गराउने चलन कम भएको हाम्रोजस्तो अविकसित देशमा यस्ता समस्या धेरै देखिन्छन्। सन् २०१२ मा यूएनएफपिएले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष दुई सयदेखि चार सय जना महिलामा यस्तो समस्या देखापर्ने अनुमान गरेको देखिन्छ। पछिल्लो समय अस्पतालको राम्रो उपलब्धता र चेतनामा पनि बृद्धि भएपछि केही मात्रामा यो समस्या घटे पनि निर्मुल हुन नसकेको चिकित्सक बताउँछन्। विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार प्रति एक हजार जना महिला प्रसव हुँदा तीन जना महिलामा प्रसव फिस्टुलाको समस्या देखिन्छ। प्रसव फिस्टुला कस्तो समस्या हो ? यो हुनुको मुख्य कारण के हो ? यसको उपचार विधि के छ ? यिनै विषयमा आधारित भएर स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. ललिता जोशीसँग गरिएको कुराकानीः

महिलामा पिसाब थैली र भजाइनाको बिचमा फल्स प्यासेज हुन्छ। विभिन्न कारणले गर्दा पिसाब थैलीबाट भजाइनामा पिसाब चुहिरहने समस्यालाई प्रसव फिस्टुला भनिन्छ।

प्रसव फिस्टुला कस्तो समस्या हो ?
महिलामा पिसाब थैली र भजाइनाको बिचमा फल्स प्यासेज हुन्छ। विभिन्न कारणले गर्दा पिसाब थैलीबाट भजाइनामा पिसाब चुहिरहने समस्यालाई प्रसव फिस्टुला भनिन्छ। सानो प्वाल छ भने थोरै थोरै पिसाब चुहिन्छ। ठुलो प्वाल छ भने धेरै चुहिन्छ।

यो हुनुको मुख्य कारण के हो ?
यसका धेरै कारण छन्। लामो समयसम्म कठिन प्रसूति व्यथा लाग्नु नै यसको मुख्य कारण हो। लामो समय प्रसूति व्यथा लागिरहँदा शिशुले योनिमार्ग र पिसाबथैली वा मलाशयलाई धेरै बेर थिचेर घाउ बनाउँदा प्वाल पर्छ। पहिले पहिले घरमै सुत्केरी हुने धेरै महिलामा प्रसव फिस्टुला हुने गरेको थियो। जुन समस्या पछिसम्म रहेर दुःख दिने गरेको पाइन्छ। कहिलेकाहीँ चोट पटक लागेर पनि फिस्टुला हुनसक्छ। योनिबाट कुनै घाउ चोटपटक लाग्यो भने पिसाब थैलीमा, दिसा थैलीमा प्वाल पर्यो भने फिस्टुला हुनसक्छ। कहिले काहीँ इन्फेक्सनले गर्दा र कुनै रोगको शल्यक्रियापछि बच्चा पाउने शल्यक्रिया, पाठेघर फाल्ने शल्यक्रिया गरिएको छ भने नजिकको अगंमा प्वाल परेर फिस्टुला हुनसक्छ।

पहिलो पटक बच्चा जन्माउँदा फिस्टुला भयो भने दोस्रो बच्चा जन्माउन मिल्छ कि मिल्दैन ?
बच्चा जन्माउन त सकिन्छ। प्रसव फिस्टुलाको उपचार गरेपछि मात्रै बच्चाको योजना बनाउनुपर्छ। फिस्टुला हुँदाहुँदै गर्भवती हुनु र बच्चा जन्माउनु खतरा नै हुन्छ। पहिले शल्यक्रिया गरेको ठाउँ फेरि पनि फाट्न सक्ने भएकाले शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्छ। त्यस कारण फिस्टुला भएकाले बच्चा जन्माउन नमिल्ने होइन तर सावधानी अपनाउनु पर्छ। उनीहरूलाई नर्मल बच्चा जन्माउन गाह्रो हुन्छ।

पहिले पहिले घरमै सुत्केरी हुने धेरै महिलामा प्रसव फिस्टुला हुने गरेको थियो। जुन समस्या पछिसम्म रहेर दुःख दिने गरेको पाइन्छ।

प्रसव फिस्टुलाका कारण पाठेघरको क्यान्सर हुने सम्भावना कति रहन्छ ?
यौन पेशाकर्मी, पहिलेदेखि नै एचआइभी संक्रमित वा कुनै पनि यौनरोग लागेको छ र प्रसव फिस्टुला पनि भएको छ भने त्यस्तो अवस्थामा संक्रमणका कारण पाठेघरको क्यान्सरको सम्भावना रहन्छ। फिस्टुलाकै कारण क्यान्सर हुने सम्भावना भने हुँदैन।

अहिले प्रसव फिस्टुलाको अवस्था के छ ?
पहिले अस्पतालको उपलब्धता नहुँदा धेरै महिला लामो प्रसव व्यथा सहेर बच्चा जन्माउँथे। जसका कारण प्रसव फिस्टुलाको जोखिम धेरै हुन्थ्यो, कतिपय आमाको ज्यान नै जोखिममा हुन्थ्यो। तर पछिल्लो समय प्राय सबै महिलाले अस्पतालमै गएर बच्चा जन्माउँने हुँदा बिगतको तुलनामा यसको समस्या धेरै घटेको भए पनि समस्या अहिले पनि छ। अहिले पनि प्रसव फिस्टुलाको समस्या लिएर बिरामी आउने गरेका छन्।

कस्तो अवस्थामा प्रसव फिस्टुलाको जोखिम हुन्छ ?
सामान्य रुपमा बच्चा जन्मिदा टाउको तल हुनुपर्ने हो र बच्चाको टाउको माथि, खुट्टा तल हुँदा, लामो समयसम्म सुत्केरी व्यथा लागेको छ र अनुभवी टिमले सुत्केरी गराएन भने यसको जोखिम हुन्छ।

सामान्य रुपमा बच्चा जन्मिदा टाउको तल हुनुपर्ने हो र बच्चाको टाउको माथि खुट्टा तल हुँदा लामो समयसम्म सुत्केरी व्यथा लागेको छ र अनुभवी टिमले सुत्केरी गराएन भने यसको जोखिम हुन्छ।

यसको उपचार विधि के छ ?
यसको उपचार विधि भनेको सर्जरी नै हो। सर्जरी मार्फत त्यो प्वाललाई टाल्नुपर्ने हुन्छ। यसबाहेक फिस्टुलाको कुनै औषधी छैन।

यस्तो समस्या आउन नदिन के गर्ने ?
गर्भावस्थामा समय समयमा जाँचहरु गराउने, प्रसव गराउने बेलामा स्वास्थ्य संस्थामै जाने, बच्चा कस्तो अवस्थामा छ नर्मल नै जन्मिने अवस्था छ कि अप्रेशन गर्नुपर्छ त्यो पहिले नै जानकारी लिनुपर्छ। पिसाबमा संक्रमण हुन दिनु हुँदैन। सानो उमेरमा विवाह गर्नु हुँदैन। खानपिन, व्यायाममा विशेष ध्यान दिनुपर्छ। पिसाब चुहिरहने समस्या भयो भने फिस्टुला हुनसक्छ। समयमै सबै कुरामा सचेत भएर ध्यान दियौं भने प्रसव फिस्टुलाबाट बच्न सकिन्छ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ७ : ४० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि