नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ४० जना मारिए « Khabarhub

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ४० जना मारिए


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गर्दा ४० जना मारिएका छन् ।

घटना नाइजेरियाको उत्तरी भागमा रहेको पठार राज्यमा भएको हो ।  पठारका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले पठार बंगलाको जंगलमा सुरक्षा एजेन्टहरूको आक्रमणसिछ भागेका लुटेराहरूले सोमबार राति जुराक र डकाई गाउँहरूमा आक्रमण गरेका हुन् ।

बन्धुकधारीले गाउँमा अन्धाधुन्ध गोली चलाएको बताइएको छ । त्यस्तै उनीहरुले धेरै घरमा आगो लगाएको स्थानीयको भनाइ छ । धेरै मानिसहरुलाई अपहरण समेत गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

सुरक्षा एजेन्टहरूले सात आक्रमणकारीलाई मारेको बताइएको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने गाउँका बासिन्दा बताउँछन् ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ८ : ५८ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण