कामिरिता ३०औँ पटक सगरमाथाको चुचुरोमा « Khabarhub

कामिरिता ३०औँ पटक सगरमाथाको चुचुरोमा


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार शेर्पाले बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यसअघि उनी वैशाख ३० गते २९औँ पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका हुन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : २५ बजे

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल

सिरियाली नेता अल-शारा र पुटिनबीच भेटवार्ता: सैन्य अखडाबारे सहमति

मस्को – सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी नेता

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको