सिरोहिया प्रकरणमा अमेरिकाले भन्यो : लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित होस् « Khabarhub

सिरोहिया प्रकरणमा अमेरिकाले भन्यो : लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित होस्


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा अमेरिकाले मुख खोलेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक प्रेस नोट जारी गर्दै नागरिकता प्रकणमा सिरोहिया पक्राउ परेपछि आफ्नो धारणा सार्वजनिक गरेको हो ।

दूतावासले घुमाउरो भाषा प्रयोग गर्दै नेपाली जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार नेपाली जनताले पनि सार्थक संवाद गर्ने विश्वासको लिएको जनाएको छ ।

अमेरिकाले आफ्ना लागि प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तका रुपमा रहेको पनि जनाएको छ ।

‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्’, दूतावासले भनेको छ,‘कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’

सिरोहियालाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर राति नै धनुषा लगिसकेको छ ।

उनलाई नागरिताको कसुसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यायले धनुषा अदालतमा उपस्थित गराएको छ । अहिले त्यहाँ उनको बयान चलिरहेको छ । अदालतबाहिर भने उनको पक्षमा नाराबाजी भइरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १२ : ५२ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली