वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै « Khabarhub

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– देशको संघीय राजधानी काठमाडौँवासीले साताको एक पटक फोहरमैला संकलन गर्ने गाडी आउँदा पनि राहतको महसुस गर्ने गर्छन् ।
घरभित्र थुप्रिएको फोहरमैलामा दुर्गन्ध आएर बसिखप्नै नहुने भएकाले पनि राहतको अनुभूति गर्ने हुन् । बेलाबखतमा बञ्चरेडाँडासिसडोलका स्थानीयवासीको अवरोधले पनि काठमाडौँवासी महिनौँ दिनसम्म फोहरमैला सडकमै यत्रतत्र देख्दै आइरहेका छन् ।

राजधानीवासीलाई सुन्दै अनौठो र अचम्मित पार्ने दृश्य मधेश प्रदेशकै एक मात्र महानगर वीरगञ्ज महानगरमा देख्न पाइन्छ । औद्योगिक र व्यापारिक नागरिकको उपमा पाएको वीरगञ्ज बजार क्षेत्रमा दैनिक दुई पटक फोहरमैला संकलन हुँदै आइरहेको छ । 

महानगरले बिहान र बेलुकाको समयमा फोहरमैला संकलन गर्दै आइरहेको छ । साथै महानगरले फोहर संकलन गरेबापत सर्वसाधारणबाट कुनै पनि शुल्क लिदैन । उद्योगी-व्यवसायी तथा सरकारी निकायले मासिक रु तीन सयदेखि रु तीन हजारसम्म शुल्क तिर्नुपर्ने नियम छ ।

वीरगञ्जका नगरप्रमुख राजेशमान सिंहले महानगरको नेतृत्व सम्हालेसँगै फोहरमैला संकलनलाई उच्च प्राथामिकता दिँदै आइरहेका छन् । जनस्तरबाट भने अपेक्षाकृत रुपमा फोहरमैला व्यवस्थापनमा सचेतना अपनाएको कमै मात्र देखिन्छ । 

नगरप्रमुख सिंहले सामान्य अवस्थामा दिनको दुई पटक फोहरमैला संकलन गर्दै आइरहेको बताए ।

महानगरका अनुसार वीरगञ्जमा दैनिक ५५-६५ मेट्रिक टन फोहरमैला संकलन हुँदै आएको छ । विगत छ वर्षदेखि फोहरमैला संकलन र व्यवस्थापनको काम निजी क्षेत्रबाट हुँदै आएको छ । महानगरले ठेक्का सम्झौता गरेर यहाँको फोहरमैला व्यवस्थापनको काम पृथ्वी-तारा एनके इन्टरप्राइजेज जेभीलाई दिएका थियो । जेभिले वीरगञ्ज महानगरका ३२ वटै वडाको फोहरमैला संकलन गर्दै आइरहेको छ । महानगर र जेभीबीच विसं २०७६ जेठ २ गते पाँच वर्षसम्मका लागि सम्झौता भएको थियो ।  

महानगरका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँले महानगरले निजी क्षेत्रसँग सम्झौता गरेर फोहरमैला व्यवस्थापनको जिम्मेवारी दिएको बताए। महानगर र जेभिबीच भएको सम्झौतामा प्रत्येक वर्ष फरक–फरक दररेटमा फोहरमैला संकलन गर्ने उल्लेख गरिएको छ । सम्झौताको पहिलो वर्ष महानगरभित्र उत्पादन हुने फोहरमैला निजी क्षेत्रले व्यवस्थापन गरेबापत आव २०७५-७६ मा रु चार करोड ८४ लाख रकम दिने सम्झौता गरेको थियो । 

दोस्रो वर्ष आव २०७६-७७ मा पाँच करोड सात लाख ५६ हजार दिने उल्लेख छ ।  आव २०७७-७८ मा पाँच करोड २८ लाख ८८ हजार, आव २०७८-७९ मा रु पाँच करोड ५० लाख र आव २०७९-८० मा पाँच करोड ७२ लाख रकम उपलब्ध गराइएको थियो । अहिले महानगरले रु पाँच करोड ७२ लाखमा खर्च तिरेर फोहरमैला व्यवस्थापन गराउँदै आइरहेको छ । 

निजी कम्पनीले दैनिक २५ ट्रयाक्टर तथा तीन ट्रिपरको सहायताले व्यवस्थापन गर्दै आइएको जनाएको छ । महानगरले फोहरमैला व्यवस्थापन गरेबापत सर्वसाधारणबाट कुनै शुल्क लिदैन ।

 उद्योगी तथा व्यापारीसँग मासिक रु तीन सय देखि रु तीन हजारसम्म लिने गरिएको जनाइएको छ । यहाँबाट निस्कने फोहरमैलाको व्यवस्थापन पर्सा र बारा जिल्लाको सीमा क्षेत्र विश्रामपुर गाउँपालिकाको १६ बिघा नौ कठ्ठा सात धुर क्षेत्रफलमा रहेको ल्याल्डफिल्ड साइडमा हुँदै आएको छ । 

-रासस

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १ : ०५ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका