अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ प्रतिशत « Khabarhub

अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ प्रतिशत

कर्णाली प्रदेशको भने जम्मा ४ प्रतिशत मात्रै


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमतीको रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) ०८०-८१ मा प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकले देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहेको देखाएको हो ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा बागमती प्रदेशले ३६.४ प्रतिशत योगदान गर्ने देखिएको छ । त्यस्तै, कोशीको १५.८, लुम्बिनीको १४.३, मधेशको १३.१, गण्डकीको ९.१, सुदूरपश्चिमको ७.१ र कर्णाली प्रदेशको ४.३ प्रतिशत योगदान रहने कार्यालयले अनुमान गरेको छ ।

कार्यालयले कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा भने सबैभन्दा अगाडि गण्डकी प्रदेश रहेको उल्लेख गरेको छ । चालु आवको प्रारम्भिक अनुमानअनुसार उपभोक्ता मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा गण्डकीको सबैभन्दा धेरै ४.५५ प्रतिशत रहने कार्यालयले जनाएको छ ।

त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा ३.३९ प्रतिशत आर्थिक वृद्धिदर हुने कार्यालयले प्रारम्भिक अनुमान गरेको छ । कोशीको ३.५१, मधेशको ३.७८, बागमतीको ३.९६, लुम्बिनीको ४.०५ र सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने कार्यालयले अनुमान गरेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ४ : १३ बजे

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया