आर्थिक क्रियाकलापमा बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार अगाडि « Khabarhub

आर्थिक क्रियाकलापमा बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार अगाडि

अन्य प्रदेशमा भने कृषि अगाडि


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औद्योगिक वर्गीकरणअनुसार भएका आर्थिक क्रियाकलापमा बागमती प्रदेशमा खुद्रा व्यापार सबैभन्दा अगाडि देखिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) ०८०-८१ मा प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकअनुसार भएका आर्थिक क्रियाकलापमध्ये बागमती प्रदेशमा खुद्रा व्यापार अगाडि देखिएको हो ।

बागमती प्रदेश बाहेक अन्य प्रदेशमा भने कृषि सम्बन्धी क्रियाकलाप बढी रहेको तथ्यांकले देखाएको छ । तथ्यांक कार्यालयकाअनुसार बागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोबारको हिस्सा दोस्रो स्थानमा रहेको छ । 

जबकी कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको छ ।

चालु आवमा औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा आवास तथा भोजन सेवाको लुम्बिनी प्रदेश बाहेकका सबै प्रदेशमा सबैभन्दा धेरै रहने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । लुम्बिनी प्रदेशमा भने विद्युत क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै रहने छ ।

कार्यालयका अनुसार कोशी प्रदेशमा कृषिको ३२.८०, मधेशमा ३५.१९, गण्डकीमा २५.४३, लुम्बिनीमा २९.२७, कर्णालीमा २९.३२ र सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत योगदान रहेको रहेको छ । 

बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा भने सबैभन्दा धेरै २१.५३ प्रतिशत खुद्रा व्यापार, मोट भेहिकल मर्मतको रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ४ : ५९ बजे

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको