आर्थिक क्रियाकलापमा बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार अगाडि « Khabarhub

आर्थिक क्रियाकलापमा बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार अगाडि

अन्य प्रदेशमा भने कृषि अगाडि


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औद्योगिक वर्गीकरणअनुसार भएका आर्थिक क्रियाकलापमा बागमती प्रदेशमा खुद्रा व्यापार सबैभन्दा अगाडि देखिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) ०८०-८१ मा प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकअनुसार भएका आर्थिक क्रियाकलापमध्ये बागमती प्रदेशमा खुद्रा व्यापार अगाडि देखिएको हो ।

बागमती प्रदेश बाहेक अन्य प्रदेशमा भने कृषि सम्बन्धी क्रियाकलाप बढी रहेको तथ्यांकले देखाएको छ । तथ्यांक कार्यालयकाअनुसार बागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोबारको हिस्सा दोस्रो स्थानमा रहेको छ । 

जबकी कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको छ ।

चालु आवमा औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा आवास तथा भोजन सेवाको लुम्बिनी प्रदेश बाहेकका सबै प्रदेशमा सबैभन्दा धेरै रहने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । लुम्बिनी प्रदेशमा भने विद्युत क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै रहने छ ।

कार्यालयका अनुसार कोशी प्रदेशमा कृषिको ३२.८०, मधेशमा ३५.१९, गण्डकीमा २५.४३, लुम्बिनीमा २९.२७, कर्णालीमा २९.३२ र सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत योगदान रहेको रहेको छ । 

बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा भने सबैभन्दा धेरै २१.५३ प्रतिशत खुद्रा व्यापार, मोट भेहिकल मर्मतको रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ४ : ५९ बजे

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र

सिंहदरबारभित्र बस्दै राष्ट्रिय सभाको बैठक, यस्तो छ तयारी (तस्बिरहरू)

काठमाडौं– भाद्र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय