आन्दोलनतिर कांग्रेस, उपत्यकाका सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटायो « Khabarhub

आन्दोलनतिर कांग्रेस, उपत्यकाका सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटायो


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही शुक्रबारदेखि सुरु हुने सडक आन्दोलनका लागि उपत्यकाको सबै शक्ति परिचालन गर्ने भएको छ ।

काठमाडौंकेन्द्रित आन्दोलनका लागि उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले गरेको हो ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार आन्दोलनमा बढी भन्दा बढी जनसहभागिता जुटाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि परिचालन गर्ने निर्णय भए हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भनिएको सहकारीपीडितको मुद्दा लिएर कांग्रेसले सडक आन्दोलन घोषणा गरेको छ ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेस सदनमा आन्दोलित छ। उसले एक महिनाभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ ।

कांग्रेसले बुधबार पार्टी बैठकबाट सहकारी पीडितहरूको बचत फिर्ता र ठगीमा संलग्नहरूमाथि कारबाही माग गरेको छ ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले सदनको रोस्ट्रममा उभिएर लगाएको आपत्तिजनक र गम्भीर आरोपबारे पनि छानबिन गरेर कारबाही गर्न कांग्रेसले माग गरेको छ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : १८ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा