आन्दोलनतिर कांग्रेस, उपत्यकाका सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटायो « Khabarhub

आन्दोलनतिर कांग्रेस, उपत्यकाका सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटायो


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही शुक्रबारदेखि सुरु हुने सडक आन्दोलनका लागि उपत्यकाको सबै शक्ति परिचालन गर्ने भएको छ ।

काठमाडौंकेन्द्रित आन्दोलनका लागि उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले गरेको हो ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार आन्दोलनमा बढी भन्दा बढी जनसहभागिता जुटाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि परिचालन गर्ने निर्णय भए हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भनिएको सहकारीपीडितको मुद्दा लिएर कांग्रेसले सडक आन्दोलन घोषणा गरेको छ ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेस सदनमा आन्दोलित छ। उसले एक महिनाभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ ।

कांग्रेसले बुधबार पार्टी बैठकबाट सहकारी पीडितहरूको बचत फिर्ता र ठगीमा संलग्नहरूमाथि कारबाही माग गरेको छ ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले सदनको रोस्ट्रममा उभिएर लगाएको आपत्तिजनक र गम्भीर आरोपबारे पनि छानबिन गरेर कारबाही गर्न कांग्रेसले माग गरेको छ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : १८ बजे

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर