इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति रोमानियाबाट पक्राउ « Khabarhub

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति रोमानियाबाट पक्राउ


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रामेछाप खाँडादेवी गाउँपालिका-९ बस्ने २४ वर्षीय गौरव नेपाली पक्राउ परेका छन् ।

रोमानिया प्रहरीको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/ गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । 

गौरव भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३  अप्रिल २४ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।  

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : २० बजे

प्रचण्डको टिप्पणी : रवि-बालेन गठबन्धनबाट डराएका छैनौँ, हार्ने डर पनि हामीलाई छैन

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र

काठमाडौं महानगरको ठेक्का प्रकरणमा सहसचिव प्रदीप परियारसहितलाई सफाइ

काठमाडौं-विशेष अदालत काठमाडौं महानगरपालिकाको ठेक्का प्रक्रियामा भ्रष्टाचारको आरोपमा मुद्दा चलिरहेका

डेढ दर्जन दल मिलेर गठित नेकपाका केन्द्रीय सदस्य नै २२ सय ९९ जना

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित दर्जनभन्दान धेरै दल मिलेर गत कात्तिक

रवि-बालेन एकताबारे प्रचण्ड : अप्ठेरोमा साथ दिएर गृहमन्त्री बनायौँ, गठबन्धनबाट डराउँदैनौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले