उपप्रमुख सुनिता डंगोल बेलायत प्रस्थान « Khabarhub

उपप्रमुख सुनिता डंगोल बेलायत प्रस्थान


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वर्ल्ड, फेस्टिभलमा सहभागी हुन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज वेलायत प्रस्थान गरेकी छन् ।

 उपप्रमुखसँग भ्रमण टोलीमा वडा-२७ की सदस्य सृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान रहेका छन् । 

महोत्सव मेनचेस्टर सहरको अभोभा स्टुडियोमा जेठ ११, १२ र १३ गते हुनेछ । भ्रमणको अवधि १० दिनको हुनेछ । फेस्टिभलमा उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गर्ने छिन् । उनीहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ । 

वार्षिक रुपमा मनाइने यो महोत्सव स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदान हुन्छ । यो सन् २०११ मा लण्डनको साउथ बैंकबाट सुरु भएको हो । यो कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसकेकी छन् ।

लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरूको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो । महोत्सवमा सहभागी महिलाहरूले आफ्ना समस्या, दबाब, अभाव र अवसरका विषयमा खुला छलफल गर्नेछन् । 

कार्यक्रममा विभिन्न देशबाट राजनीतिकर्मी, अधिकारकर्मी, कला, साहित्य र संगीतजस्ता सिर्जनात्मक क्षेत्रका वक्ता र सहभागीको जमघट हुनेछ । 

हाल सम्म विश्वका ६ महादेशको ४५ भन्दा वढी स्थानहरूमा ५० लाख भन्दा वढी व्यक्तिहरूले सहभागिता जनाइसकेका छन् । 

महोत्सवसँगै भ्रमण टोलीले स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसियसनले आयोजना गर्ने कार्यक्रममा  सहभागी हुनेछ । यस्तै लण्डनस्थित बेलायतका लागि नेपालको राजदूतावासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुने छ । भ्रमण अवधिमा अक्सफोर्ड विश्वविद्यालय, वल्र्ड नेवा अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । भ्रमण टोली ज्येष्ठ २० गते स्वदेश फर्कनेछ । 

यसप्रकारको भ्रमण र कार्यक्रममा सहभागितापछि आपसी कार्यक्रममा साझेदारिता बढ्ने, क्षमता विकास र सशक्तिकरणको कार्यक्रममा सामूहिक नतिजा प्राप्त हुने अपेक्षा गरिएको छ । 

‘लैङ्गिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले गएको वैशाख १० गते  ब्रिटिस काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : ५१ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल