काठमाडौंमा कांग्रेसको जनप्रदर्शन जेठ १३ गते, मुख्य मुद्दा सहकारी « Khabarhub

काठमाडौंमा कांग्रेसको जनप्रदर्शन जेठ १३ गते, मुख्य मुद्दा सहकारी


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही जेठ १३ गते आइतबार दिउँसो काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले दिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको अर्बौँ रुपैयाँ सहकारीको बचत दुरुपयोग प्रकरणमा छानबिन गर्न नमानेको निष्कर्षसहित आन्दोलन थाल्न लागिएको प्रवक्ता डा. महतले बताए ।

कांग्रेस बैठकमा यसअघि यही शुक्रबारदेखि सडक आन्दोलनमा जाने प्रस्ताव भएको थियो । यद्यपि केही दिनलाई सारिएको आन्दोलनमा उपत्यकाको सबै शक्ति परिचालन गरिने भएको छ ।

काठमाडौंकेन्द्रित आन्दोलनका लागि उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले गरेको हो ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार आन्दोलनमा बढी भन्दा बढी जनसहभागिता जुटाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि परिचालन गर्ने निर्णय भए हो ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेस सदनमा आन्दोलित छ। उसले एक महिनाभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ ।

कांग्रेसले बुधबार पार्टी बैठकबाट सहकारी पीडितहरूको बचत फिर्ता र ठगीमा संलग्नहरूमाथि कारबाही माग गरेको छ ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले सदनको रोस्ट्रममा उभिएर लगाएको आपत्तिजनक र गम्भीर आरोपबारे पनि छानबिन गरेर कारबाही गर्न कांग्रेसले माग गरेको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ७ : ३४ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी