सिरोहिया पक्राउपछि राप्रपाले भन्यो : अब गृहमन्त्रीलाई पनि छानबिनमा तानौँ « Khabarhub

सिरोहिया पक्राउपछि राप्रपाले भन्यो : अब गृहमन्त्रीलाई पनि छानबिनमा तानौँ


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि अनुसन्धानमा तान्नुपर्ने निष्कर्ष निकालेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता कसुरसम्बन्धी अभियोग न्यायिक निरुपणको विषय बनिसकेको अवस्थामा कानुनविपरीतका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्ने पक्षमा पार्टी रहेको बताए ।

उनले नागरिकता प्रकरणमा सिरोहियामाथि छानविन सुरु भएको अवस्थामा अब गृहमन्त्रीमाथि पनि अनुसन्धान हुनुपर्ने निष्कर्ष बैठकले निकालेको बताएका छन् ।

‘गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ’, बैठकपछि श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ ।

यो बैठकमा राप्रपाको जेठ ११, १२ र १३ गते काठमाडौंमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रतिवेदनहरूमाथि छलफल गरिएको उनले बताए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरे ।

प्रतिवेदनहरुलाई सामान्य परिमार्जनसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिने श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ७ : ५९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल