स्लोभाकियामाथि युक्रेनको पुनरागमन जित « Khabarhub

स्लोभाकियामाथि युक्रेनको पुनरागमन जित


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबलमा युक्रेनले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘इ’ को खेलमा स्लोभाकियालाई २–१ गोलले हराउँदै युक्रेनले जित निकालेको हो ।

युक्रेनका लागि मिकोला शापारेन र रोमान यारेमचुकले एक–एक गोल गरेका थिए । यस्तै, स्लोभाकियाका इभान स्चारान्जले एक गोल गरेका थिए ।

खेलको १७औँ मिनेटमा स्लोभाकियाका इभानले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर युक्रेनका मिकोलाले ५४औँ र रोमानले ८०औँ मिनेटमा गोल गरेसँगै स्लोभाकिया पराजित हुन पुग्यो ।

यो जितसँगै युक्रेन दुई खेलबाट ३ अंकका साथ समूहको दोस्रो स्थानमा छ । पराजित भएको स्लोभाकिया ३ अंकसहित तेस्रो स्थानमा छ ।

अब युक्रेनले समूह चरणको अन्तिम खेल जुन २६ मा बेल्जियमसँग र स्लोभाकियाले रोमानियासँग खेल्ने छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ६ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको