भारतको सीफूड निर्यात हालसम्मकै उच्च « Khabarhub

भारतको सीफूड निर्यात हालसम्मकै उच्च


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले आर्थिक वर्ष २०२३–२४ मा हालसम्मकै सबैभन्दा धेरै सीफूड निर्यात गरेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार सो अवधिमा भारतले १७ करोड ८१ लाख ६ सय २ मेट्रिक टन सीफूड विदेश निर्यात गरेको छ ।

यसबाट भारतले ६० हजार ५ सय ३२ करोड भारु आम्दानी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

सीफूडमा भारतबाट सबैभन्दा धेरै ‘फ्रोजन स्रिम्प’ निर्यात भएको जनाइएको छ । फ्रोजन स्रिम्पको निर्यातबाट भारतले सो अवधिमा ४० हजार १३ करोड भारु आम्दानी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतबाट सबैभन्दा धेरै सीफूड अमेरिका निर्यात भएको पाइएको छ । अमेरिकाले भारतबाट २ अर्ब ५४ करोड डलर बराबरको सीफूड आयात गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा अमेरिकापछि चीन र जापानतर्फ भारतीय सीफूड सबैभन्दा धेरै निर्यात भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : ०१ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका