ग्लोबल टी–२० लिग : नेपालका रोहित, दीपेन्द्र र सन्दीपले खेल्ने | Khabarhub Khabarhub

ग्लोबल टी–२० लिग : नेपालका रोहित, दीपेन्द्र र सन्दीपले खेल्ने


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका तीन क्रिकेटर– रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्ने भएका छन् ।

कप्तान रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् । उनको यो पहिलो ग्लोबल टी–२० क्यानडा लिग हो ।

यस्तै, दीपेन्द्र र सन्दीपले भ्यान्कोभर नाइट्सबाट खेल्ने छन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दीपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।

कप्तान रोहितले पहिलोपटक ग्लोबल टी–२० क्यानडा लिग खेल्न लागेका हुन् ।

यस सिजनको ग्लोबल टी–२० जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानाडाको ओन्टारियोमा हुँदैछ ।

यो ग्लोबल टी२० को चौथो सिजन हो । यस अघि  २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : १४ बजे

देशका अधिकांश भूभागको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लामो दुरीको मिसाइल प्रयोग गर्न युक्रेनलाई अमेरिकाको अनुमति

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि लामो दुरीको हतियार

पाँच मिनेटको अन्तरमा इंग्ल्याण्डले गर्‍यो तीन गोल, आयरल्यान्डमाथि पाँच शून्यको जित

लन्डन – १० खेलाडीमा सीमित पोल्यान्डविरुद्धमा पाँच मिनेटको अन्तरमा तीन

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर ३ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल मंसिर ३ गते सोमबार तदनुसार