अमेरिकाविरुद्ध वेस्ट इन्डिज : ९ विकेटको शानदार जित « Khabarhub

अमेरिकाविरुद्ध वेस्ट इन्डिज : ९ विकेटको शानदार जित


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको ‘सुपर ८’मा वेस्ट इन्डिजले अमेरिकामाथि ९ विकेटको शानदार जित निकालेको छ ।

सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा भेट्टाएको हो । वेस्ट इन्डिजले मात्र एक विकेट गुमाएर १३० रन जोड्दै ९ विकेटको शानदार जित निकालेको हो ।

वेस्ट इन्डिजका लागि विस्फोटक ब्याटिङ गरेका शाही होपले नटआउट ८२ रन बनाए । ३९ बल खेलेका उनले ८ छक्का र चार चौकाको मद्दतमा ८२ रन बनाए । निकोलास पुरणले नटआउट २७ रन जोड्दा जोनसन चार्ल्स १५ रनमा आउट भएका थिए ।

अमेरिकाका लागि हरमित सिंहले मात्र एक विकेट लिए ।

टस हारेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको थियो ।

वेस्ट इन्डिज र अमेरिका । तस्बिरः क्रिकइन्फो

अमेरिकाका लागि एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए । नितिश कुमार २०, मिलिन्द कुमार १९ रनमा आउट हुँदा साल्डी भ्यानले १८ रन बनाए । अली खानले १४ रन बनाउँदा आरोन जोन्स ११ रनमा आउट भए ।

वेस्ट इन्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले समान तीनतीन विकेट हात पारेका थिए । उसका लागि अल्जारी जोसेफले दुई विकेट लिँदा गुडाकेश मोतीले एक विकेट लिएका थिए ।

विश्वकपको सुपर–८ को समूह–२ मा वेस्ट इन्डिजले पहिलो जित निकालेको हो । पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । पहिलो जितसँगै वेस्ट इन्डिज दुई अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ ।

पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको अमेरिका भने यो हारसँगै दुई खेल खेल्दा अंकबिहीन छ ।

यो समूहको दक्षिण अफ्रिका चार अंकसहित शीर्ष स्थानमा छ । दुई खेल खेलेको इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : २१ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर