माग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर « Khabarhub

माग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ  डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत हिलापोखरीमा सिँचाइ आयोजना निर्माण गरेको हो ।

उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीन सय ६० मिटर लामो पक्की नहर निर्माण गरिएको जानकारी दिए ।

‘च्युरीबोट स्थित घट्टेखोला हुँदै पच्चीस मुरेसम्म तीन सय ४९ मिटर पक्की नहर बनाउने लक्ष्य रहेकोमा सो भन्दा बढी बनाएका छौ,’ उनले भने ‘गत वैशाख महिनादेखि थालिएको नहर निर्माणको काम यसै साता सकिएको हो ।’

यस योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ लाख बजेट बिनियोजन गरेको छ । आयोजना मार्फत पक्की नहरको अतिरिक्त ४८ मिटर पाइपलाइन जडान गरिएको छ ।

उपभोक्ता समितिका सचिव फिरोज घर्ती मगरले स्थानीय मजदुर परिचालन गरेर सिँचाइ आयोजना निर्माण गरेको जानकारी दिए ।

बीस घरधुरी भन्दा बढी कृषकको दुई सय रोपनी बढी खेतबारी र बगैँचामा  सिँचाइ गर्न सहज भएको छ । यसअघि खोल्साको पानी कच्ची नहरबाट बगाउँदा चुहिने र भासिने समस्या थियो ।

सिँचाइ अभावमा आकाशे पानीको भरमा एक बाली मात्र लगाउने गरिएको थियो । सिँचाइ सुविधा भयो भने बाह्रै महिना खेती लगाउन सकिने भएको छ ।

खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष म्याग्दीमा ६०   सिँचाइ आयोजना सञ्चालन भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ११ : ५३ बजे

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा