माग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर « Khabarhub

माग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ  डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत हिलापोखरीमा सिँचाइ आयोजना निर्माण गरेको हो ।

उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीन सय ६० मिटर लामो पक्की नहर निर्माण गरिएको जानकारी दिए ।

‘च्युरीबोट स्थित घट्टेखोला हुँदै पच्चीस मुरेसम्म तीन सय ४९ मिटर पक्की नहर बनाउने लक्ष्य रहेकोमा सो भन्दा बढी बनाएका छौ,’ उनले भने ‘गत वैशाख महिनादेखि थालिएको नहर निर्माणको काम यसै साता सकिएको हो ।’

यस योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ लाख बजेट बिनियोजन गरेको छ । आयोजना मार्फत पक्की नहरको अतिरिक्त ४८ मिटर पाइपलाइन जडान गरिएको छ ।

उपभोक्ता समितिका सचिव फिरोज घर्ती मगरले स्थानीय मजदुर परिचालन गरेर सिँचाइ आयोजना निर्माण गरेको जानकारी दिए ।

बीस घरधुरी भन्दा बढी कृषकको दुई सय रोपनी बढी खेतबारी र बगैँचामा  सिँचाइ गर्न सहज भएको छ । यसअघि खोल्साको पानी कच्ची नहरबाट बगाउँदा चुहिने र भासिने समस्या थियो ।

सिँचाइ अभावमा आकाशे पानीको भरमा एक बाली मात्र लगाउने गरिएको थियो । सिँचाइ सुविधा भयो भने बाह्रै महिना खेती लगाउन सकिने भएको छ ।

खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष म्याग्दीमा ६०   सिँचाइ आयोजना सञ्चालन भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ११ : ५३ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा