युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण « Khabarhub

युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गरेको छ ।

जापोरिझियालिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै  दुई कर्मचारीहरू घाइते भई अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।  

यसले विगत तीन महिनामा ऊर्जा पूर्वाधार सुविधाहरूमा आठौँ ठुलो, संयुक्त आक्रमण भएको बताएको छ ।

रूसी आक्रमणको दुई वर्ष भन्दा बढी, लक्षित मिसाइल र ड्रोन आक्रमणहरूले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाई  किभलाई युरोपियन युनियनबाट उर्जा आयात गरी आपूर्ति गर्न बाध्य पारेको छ ।

युक्रेनी अधिकारीहरूले बिहीबार राति भएको ठूलो आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको बताएका छन् ।

युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा गम्भीर क्षति भएको बताएको छ ।रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा क्षमता नष्ट गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए। 

जेलेन्स्कीले यस हप्ता युक्रेनका सबै अस्पताल र विद्यालयहरूमा चाँडो सौर्य प्यानलहरू जडान गर्नुपर्ने बताए । गर्मीको समयमा  बिजुलीमा प्रवाभ पार्ने रुसी प्रयासहरू असफल गर्न  प्रयास गरिरहेको उनले बताए । 

डिटेकका प्रमुख कार्यकारी म्याक्सिम टिमचेन्कोले युक्रेनका पश्चिमी सहयोगीले ऊर्जा सञ्जालको रक्षा गर्न सैन्य सहायता प्रदान नगरे “यो जाडोमा गम्भीर सङ्कटको सामना गर्नुपर्ने चेतावनी दिए । 

जेलेन्स्कीले युक्रेनका सहयोगीलाई देशको महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न थप हवाई रक्षा प्रणाली पठाउन बारम्बार आग्रह गरे।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले वासिङ्टनले किभमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिने तथा अन्य देशहरूले अर्डर दिएको जानकारी दिए ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा जारी सन्देशमा  अमेरिकाको कदमका लागि आभार व्यक्त गरे । यसका अतिरिक्त उनले हवाई रक्षा क्षमताले युक्रेनी सहरहरू र नागरिकको सुरक्षा गर्ने उल्लेख गरे । 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १ : ३७ बजे

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय