वैकल्पिक आवासबिना सुकुम्बासीलाई फेरि विस्थापित नगरियोस् : कुलमान घिसिङ « Khabarhub

वैकल्पिक आवासबिना सुकुम्बासीलाई फेरि विस्थापित नगरियोस् : कुलमान घिसिङ


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्बासी परिवारलाई आश्रयस्थलबाट हटाउने निर्णय स्थगित गर्न सरकारसँग आग्रह गरेका छन् ।

भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई उक्त स्थान खाली गर्न निर्देशन दिइएकोप्रति घिसिङले आपत्ति जनाएका हुन् ।

काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका परिवारलाई जाडोको मौसममा फेरि सुरक्षित आवासको सुनिश्चितताबिना हटाउनु उचित नहुने उनको भनाइ छ ।

घिसिङले विशेषगरी आश्रयस्थलमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई संवेदनशीलतापूर्वक विचार गर्न सरकारलाई आग्रह गरेका छन् ।

भूमिहीन तथा सुकुम्बासी समस्याको समाधान विस्थापन मात्र नभई उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना भएको उनले उल्लेख गरेका छन् ।

वैकल्पिक आवासको व्यवस्था नहुँदासम्म आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न, प्रभावित परिवारका आधारभूत आवश्यकताको सुनिश्चितता गर्न र दीर्घकालीन तथा न्यायपूर्ण समाधान खोज्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १२ : २९ बजे

तीन जिल्लामा आठ बिघाभन्दा बढी क्षेत्रफलको गाँजाखेती नष्ट

काठमाडौँ – प्रहरीले बागमती प्रदेशका तीन जिल्लामा आठ बिघा पाँच

वैकल्पिक आवासबिना सुकुम्बासीलाई फेरि विस्थापित नगरियोस् : कुलमान घिसिङ

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्बासी

‘नबिल एसएसई’ को पाँच वर्ष पूरा : १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना, १९ हजार बढी रोजगारी सिर्जना

काठमाडौँ–  नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल

बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद

इरानसँग चीन र रुसको संलग्नता न्यून रहेको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा चीन र रुसको