वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट « Khabarhub

वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१-०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको छ । नगर सभामार्फत उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१-०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि महानगरपालिकाले ६२ करोड कम बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा महानगरले ३ अर्ब ५१ करोडको बजेट ल्याएको थियो । 

उपमेयर आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको र घरजग्गा रजिस्ट्रेसन आयस्रोत समेत घटेको कारणले आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको बताए ।

नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत राखिएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब, २७ करोड ९० लाख, सङ्घीय राजश्व बाँडफाँडबाट २६ करोड ८० लाख छुट्ट्याएको छ ।

त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको उपमेयर आलमले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  २ : ३६ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत