बजेटले उत्पादन वृद्धि र रोजगारीलाई उच्च प्राथमिकता दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

बजेटले उत्पादन वृद्धि र रोजगारीलाई उच्च प्राथमिकता दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासङ्घ नेपालले संयुक्तरुपमा आज आयोजना गरेको ‘युथ लिडरसिप समिट–२०२४’लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नैपर्ने बताए । 

मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको जानकारी दिँदै उनले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको बताए। 

राजनीतिक परिवर्तनपछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै  उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यसमा आलोचना गरौँ तर मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौँ, सकारात्मक विषयलाई मनन्, समस्यालाई सच्याएर अगाडि बढौँ ।’

उपप्रधानमन्त्री श्रेष्ष्ठले जनताको सङ्घर्षको बलमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु वर्तमानमा सबैको आवश्यकता भएको उल्लेख गरे। 

मुलुकमा वैचारिक र सांस्कृतिक रूपान्तरणको आन्दोलनको खाँचो रहेको औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले समाजका सबै पक्षभित्र रूपान्तरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्कीले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन नेपालका राजनीतिक दलहरु सक्षम रहेको बताइन्। 

मुलुकको आर्थिक उन्नतिमा प्रमुख भूमिका खेल्न सक्ने युवा जनशक्तिलाई पछाडि राखेर समृद्धि हासिल गर्न नसकिने भन्दै सांसद कार्कीले अब युवा नेतृत्वका लागि अगाडि आउनुपर्ने बताए।

परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षमता, नेतृत्व र सीप विकास तथा उद्यमशीलता र स्वरोजगारको बाटोमा उन्मुख गराउन सीमित साधनस्रोतका बाबजुद परिषद् क्रियाशील रहेको जानकारी दिए।

 उनले तीनै तहका सरकारले युवा मैत्री वातावरण तयार गर्नेमात्र नभई स्वदेशमै उद्यमशील र स्वरोजगार बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए। 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  २ : ५५ बजे

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि

जेन-जी युवाहरूको एकता पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको माग

काठमाडौँ– ‘जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल

बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने

काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा पहिलोपटक

झापामा जङ्गली हात्तीको त्रास, बाली थन्क्याउन नपाएको गुनासो

झापा- भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर